१६औँ कपिलवस्तु महोत्सवः आज राजनराज सिवाकोटीसँगै यी कलाकारहरुको प्रस्तुति रहने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । मंसिर १८ गतेदेखि जारी १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी स्थल चारनम्बर जितपुर स्थित बुद्ध रंगशाला  शनिबार दर्शकको भीडले गुन्जियो । सुरक्षा उप समितिका संयोजक खड्क आलेले लोकप्रिय कलाकारहरूको प्रस्तुति र रोमाञ्चक आइडलको प्रतिस्पर्धाले दर्शकको आकर्षण बढाएकोले बड्दो भिडलाई मध्यनजर गर्दै सुरक्षामा विशेष सावधानी आपनाइएको बताए ।

महोत्सवमा शनिबार ३५ हजार दर्शकको उपस्थिति रहेको  “दर्शकको उत्साहले हामीलाई अझ जिम्मेवार बनाएको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश)ले बताए । महोत्सव अवलोकन गर्न आएका दर्शकहरुको भीडबाट व्यवसायीहरु उत्साहित भएका थिए । बुद्धरंगालामा रहेका स्टलहरु र होटेलहरुमा चहलपहल व्यापक बढेको थियो ।

बुद्ध रंगशालाको मंचबाट नेपालमै चर्चित सिन्धुलीको लोकमती बाँजा र चर्चित राष्ट्रिय गायिका समीक्षा अधिकारीले आफ्ना चर्चित गीतहरू गाउन शुरू गर्ने बित्तिकै दर्शकहरू उत्साहमा झुमिन थालेका थिए । समीक्षको  सशक्त प्रस्तुतीले वातावरण रोमाञ्चक बनायो। भीडले तालमा हात हल्लाउँदै र गीतसँगै गाउदै उनको ऊर्जा महसुस गरिरहे। प्रत्येक गीतपछि उठ्ने ताली र उत्साहपूर्ण नाराले महोत्सव स्थल गुन्जायमान बनायो। समीक्षाका कला र गलाले दर्शकलाई अझ मोहित गरेको थियो । कार्यक्रममा राष्ट्रिय गायक संविज सिंह राना, गायिका तथा कार्यक्रम संचालिका शोभा त्रिपाठी, १४ औं कपिलवस्तु डान्स आइडल, बाणगंगाका आधारभूत र मा.वि. तहका विद्यार्थीहरुको सामुहिक लोकनृत्य, मम्मी डान्स र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले शनिबार बुद्धरंगशाला रोमाञ्चक बनेको थियो ।

यसैबीच महोत्सवमा २८ गते आइतबार चर्चित राष्ट्रिय आधुनिक गायक राजनराज शिवाकोटी, चर्चित राष्ट्रिय लोकदोहोरी गायिका भूमिका गिरी, चर्चित राष्ट्रिय लोकदोहोरी गायक मिसन मगर, १४ औं कपिलवस्तु डान्स आइडल, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिरहने महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले जानकारी दिए । बाणगंगाको बुद्धरंगालामा हुने महोत्सवलाई विशेष रुपमा लिइने गरिन्छ । महोत्सवका समापन पुष १ गते हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *