हेटौंडामा मोटरसाइकलको ठक्करले बालकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हेटौंडा ।   हेटौंडा उपमहानगरपालिका(९, स्थित धापमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ ।

बागमती प्रदेश ०३(००५ प २४३ नम्बरको मोटरसाइकलले शनिबार दिउँसो २स्५० बजे ठक्कर दिँदा धापका ५ वर्षका शिवांश अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते शिवांशलाई उचारका लागि हेटौंडा अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने मोटरसाइकल चालक १८ वर्ष भन्दा कम उमेरको रहेको प्रहरीले जनाएको छ । हाल प्रहरी हिरासतमा रहेका उनको नाम प्रहरीले खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितका अनुसार मयुरधापबाट हेटौंडा बजारतर्फ आउँदै गरेको मोटरसाइकलले सडक छेउमा हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *