हेटौंडामा मोटरसाइकलको ठक्करले बालकको मृत्यु

हेटौंडा ।   हेटौंडा उपमहानगरपालिका(९, स्थित धापमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ । बागमती प्रदेश ०३(००५ प २४३ नम्बरको मोटरसाइकलले शनिबार दिउँसो २स्५० बजे ठक्कर दिँदा धापका ५ वर्षका शिवांश अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । ठक्करबाट गम्भीर घाइते शिवांशलाई उचारका लागि हेटौंडा अस्पताल ल्याएपछि चिकित्सकले मृत […]

देशभरका ९९ प्रतिशत घरपरिवारमा बिजुली पुग्यो, प्राधिकरणले बिजुली नपुगेका ठाउँ खोज्दै

काठमाण्डौ ।  नेपाल विद्युत् प्राधिकरणले अहिले देशभरका ९९ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको जनाएको छ । प्राधिकरणको ३९ औँ वार्षिकोत्वस समारोहमा कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले ९९ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको र अब प्राधिकरणले बिजुली नपुगेका ठाउँ खोज्ने बताउनुभएको हो । आठ वर्षअघि ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा पुगेको […]

लुम्बिनीमा एमाले संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन

बुटवल ।  नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । बुटवलस्थित मुख्यमन्त्रीको निवासमा प्रदेश इन्चार्ज पद्‍मा अर्यालको प्रमुख आतिथ्यतामा शनिबार बसेको संसदीय दलको वैठकले यसअघि उपनेता रहेका आचार्यलाई नेता चयन गरेको हो । यस्तै उपनेतामा भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । दल नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद […]

यस वर्ष देशभर झन्डै ९८ प्रतिशत रोपाइँ सम्पन्न

काठमाण्डौ। यस वर्ष देशभर झन्डै ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । देशभर १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । गएको आर्थिक वर्ष साउनसम्म ९० प्रतिशत मात्र रोपाइँ भएकामा चालू आर्थिक वर्षको साउनसम्म आठ प्रतिशतले बढेर […]

दाङमा दुई फरक दुर्घटनामा परी एक जनाको मृत्यु

दाङ। दाङमा गएराति भएका दुई फरक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। दाङको दंगीशरण गाउँपालिका–५ का २५ वर्षीय सम्राट गिरीको दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। शुक्रबार राति १० बजेतिर तुलसीपुर बजारदेखि पश्चिमतर्फ जाँदै गरेका गिरी सवार लु प्र०२–००१ […]

सोलुखुम्बुको थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि

काठमाडौं ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो । शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो । त्यस क्रममा थामे […]

अभिनेत्री थिन्ले लोकार्नो चलचित्र महोत्सवमा अवार्ड जित्न सफल

काठमाण्डौ ।   मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले स्वीट्जरल्यान्डमा जारी विश्वप्रसिद्ध लोकार्नो चलचित्र महोत्सव’ को ७७ औँ संस्करणमा अवार्ड जित्न सफल भएको छ । ‘शाम्बाला’ चलचित्रमा अभिनय गरेकी अभिनेत्री थिन्ले ल्हामोले ‘बोक्कालिनो डिओर’ पुरस्कार अर्थात् अवार्ड प्राप्त गरेकी छन् । यूरोपभरका फिल्म समीक्षकले उत्कृष्ट अभिनय गर्ने कुनै एक कलाकारलाई यो अवार्ड प्रदान गर्छन् । कुनै दक्षिण […]

लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन,तीन जना मन्त्री नियुक्त हुन बाँकी

काठमाण्डौ।  लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा गएको साउन ९ गते नयाँ सरकार गठन भएको थियो । अहिले लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट चार तथा एमालेबाट चार गरी आठ जना मन्त्री छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित कूल १२ […]