जनहित अनलाईन कपिलवस्तु । शिंतगंगा नगरपालिकाका उप प्रमुख गिता भाटले आफ्ना ससुरा बुबा स्वर्गिय रणबहादुर बि.सीको स्मृतिमा निरन्तर सामाजिक कार्य गदै आउनु भएको छ ।
यही मंसिर १६ गते आफ्नो व्यक्तिगत सहयोगमा नगरभित्रका विभिन्न वडामा बसोवास गर्ने ३० घरका दलितजेष्ठ नागरिकलाई टोपी,टर्च लाईट र विद्यार्थीलाइ झोला,पिउने पानीको बोत्तलहरु लगायतका दैनिक प्रयोग गरिने सामाग्रीहरु वितरण गरिएको हो ।
सोही कार्यक्रममा बोल्दै उप प्रमुख भाटले स्वर्गिय रणबहादुरको सम्झनामा विगतका दिन देखी नै सामाजिक कार्य गदै आएको र अहिले पनि सोही कार्यलाई निरन्तरता दिएको बताउनु भयो ।
कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष केशव बेलबासे,वडा नं ७ का वडा अध्यक्ष देवीराम घिमिरे,शिक्षा शाखा प्रमुख श्री बिनोद पोख्रल,विद्यालय व्यवस्थापन समिती, शिक्षक,विद्यार्थी राजनैतिक दलका नेताहरु,उद्योग वाणिज्य संघकाअध्यक्ष श्री लक्ष्मण पन्थी,जिल्ला समन्वय समितिका सदस्य श्री डालकुमारी भण्डारी,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।


