सुकुम्वासी सहितको संघर्स समितिले भोलि गोरुसिङ्गेको अर्घाखाँची चोकमा चक्का जाम गर्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । संयुक्त सुकुम्वाी, अव्यवस्थित भुमि संरक्षण संघर्स समिति कपिलवस्तुले भोलि २८ गते गोरुसिङ्गेको अर्घाखाची चोकमा चक्का जाम गर्ने भएको छ । सरकारको निर्देशनलाई समेत बेवास्ता गरि आफुहरु माथि चरम दमन गरिरहेको भन्दै भोलि अत्यावश्यक बाहेकका सम्पुर्ण सवारीसाधनहरु १ घण्टाको लागि रोक्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

केहि समय अघि बुद्धभू‌मिको वडा नम्बर २ बक्डेरीया, सोनपुर टोलमा लामो समय देखि बसोवास गरिरहेका सुकुम्वासी बस्तीमा जबरजस्ति डोजर चलाई घर, गोठ, धनजन तथा अन्य भौतिक संरचना समेत पूर्ण रुपभा भत्काएको छ, लगायत जिल्लाका अन्य ठाउँहरुमा पनि आफुहरु माथि चरम दमन गरिरहेको भन्दै १ घण्टा चक्का जाम गर्ने संघर्स समिति संयोजक कृष्ण घिमिरेले जानकारी गराउनुभयो ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *