काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीमा संलग्न देखिएमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न कसैले रोक्न नसक्ने बताएका छन् । सुशासनमा आफूले सम्झौता नगर्ने पनि प्रधानमन्त्रीको भनाइ थियो ।
कांग्रेसले संसद्मा उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले लामिछानेको विषयलाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका थिए । ुसुशासन कायम गर्ने सम्बन्धमा कुनै सम्झौता गर्दैन । आफ्नो र अरुको पार्टी भन्नेमा कुनै फरक गर्दैन, लामिछानेबारे प्रधानमन्त्रीले भने, सहकारीको मुद्दा बुझाइसक्दासम्म उहाँको नाम केही छैन । अनुसन्धानबाट कैफियत देखिएमा उहाँलाई कारबाही गर्ने कुरामा पनि कसैले रोक्न सक्ने छैन ।
प्रधानमन्त्री दाहालले उजुरी पर्दैमा राजीनामा गर्ने सहमति गर्न सकिन्छ त रु भनेर कांग्रेसलाई प्रश्न गरेका थिए । ठाडो उजुरी दिनासाथ राजीनामा दिने सहमति गर्न सक्छौं त रु, उनले भने ।
लामिछानेको नाममा ती सहकारीबाट लिएको ऋण फर्च्छ्यौट भइसकेको कुरा आफूलाई जानकारी रहेको पनि प्रधानमन्त्रीले बताए । माओवादी र कांग्रेसको सरकार हुँदाताका नै लामिछानेको नामको ऋण फर्छ्यौट भइसकेको दाहालले जानकारी दिएका हुन् ।

