सङ्कटमा परेका व्यावसायीलाई माथि उठाउन आवश्यक छ: प्रदेश सांसद लामिछाने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले कोरोना सङ्क्रमण पछि सङ्कटमा परेका व्यावसायीहरुलाई माथि उठाउनुपर्ने बताउनुभएको छ । बाणगंगा सुनचाँदी व्यवसायी सघंको दशाँै र एघारौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

त्यास्तै वाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले व्यवसायीहरुका समस्या कम गर्न नगर निरन्तर लागी परेको बताउनु भयो ।

त्यस्तै इलाका प्रहरी कार्यलय पिपराका प्रहरी प्रमुख गोपाल जङ्ग रायमाझीले नीति नियममा रहेर सुरक्षा प्रदान गर्दै आइरहेको भन्दै चाडपर्वहरुलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई चुस्त गराइएको पनि बताउनुभयो ।

कार्यक्रम अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै डिल बहादुर सुनारले बाणगंगा भित्र छरएिर रहेका सुनचाँदी तथा वहुमुल्य रत्न पत्थरहरुको व्यवसाहीलाई संगठन गरि व्यवसायीहरुमा देखा परेका समस्यालाइ निराकरण गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाँले संस्थाको उद्देश्य माथि प्रकाश पार्दै व्यवसायीहरुको हकहितका लागि आफु सधै खटिने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा संस्थााका सचिव धुर्व रसाइलीले सचिवको प्रतिवेदन, कोषाध्यक्ष कृष्ण बहादुर घतानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सुन चाँदी व्यावसायी संघ बाणगंगाका निवर्तमान अध्यक्ष डिल बहादुर खाती, नेपाल सुन चाँदी व्यावसायी महासंघ निवर्तमान केन्दिर्य सदस्य तथा कपिलवस्तु सुन चाँदी व्यावसायी संघका अध्यक्ष देवी प्रसाद वर्मा, कपिलवस्तु उद्योग वाणिज्यसंघ अध्यक्ष गणेश बहादुर क्षेत्री, कपिलवस्तु उद्योग व्यापारसंघका अध्यक्ष खिमानन्द पौडेल, बाणगंगा दलित सेवा समाजका अध्यक्ष टिकाराम सुनार लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम बाणगंगा सुन चाँदी व्यवसायी संघका अध्यक्ष डिल बहादुर सुनारको अध्यक्षता, सचिव धुर्व रसाइलिको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *