सङ्कटमा परेका व्यावसायीलाई माथि उठाउन आवश्यक छ: प्रदेश सांसद लामिछाने

जनहित अनलाइन, कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले कोरोना सङ्क्रमण पछि सङ्कटमा परेका व्यावसायीहरुलाई माथि उठाउनुपर्ने बताउनुभएको छ । बाणगंगा सुनचाँदी व्यवसायी सघंको दशाँै र एघारौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । त्यास्तै वाणगंगा नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले व्यवसायीहरुका समस्या कम गर्न नगर निरन्तर लागी […]
इरानलाई साेझाे सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काठमाण्डाै । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दाेस्राे सेमिफाइनलमा नेपालले इरानलाई ३–० काे साेझाे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२१, दाेस्राे सेट २८–२६ र तेस्राे सेट २५–२० ले जित्याे । याेसँगै नेपालले लिग चरणमा इरानसँगकाे हारकाे बदला लिएकाे छ […]
बागलुङको बडिगाडमा पहिरोमा परी ८ जनाको मृत्यु

बागलुङ। बागलुङको बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा २ जना गरी आठ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए । बडीगाड गाउँपालिका १० मा मंगलबार बिहान घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु […]
कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ।

कपिलवस्तु । जिल्लाको विजयनगर वडा नम्बर -७ गेडुवाजोतमा दुई मोटरसाइकल मार्फत् भित्र्याइएको उक्त सङ्ख्याको चल्ला सशस्त्र प्रहरीले मंगलबार बिहान बरामद गरी नष्ट गरेको हो। बिओपी कृषण्नगरका प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार बिहान ४ बजे तस्करहरूले लु १७ प ७४७९ र ना।६ प ९९९९ नम्बरको दुई मोटरसाइकलमा ती चल्लाहरु भारतबाट लुकीछिपी भित्र्याएका थिए। सशस्त्रको टोलीलाई […]
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो, दुई जना घाइते
गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा आज बिहान घर माथिबाट गएको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको हो । पहिरोमा पुरिएर बिसौनाका ४० वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मुसुरी विक र साढे दुई वर्षकी रियन्सी विकको ज्यान […]
बङ्गलादेशमा सङ्कट : लोकतान्त्रिक विधिरपद्धति अनिश्चित, लोकतन्त्रलाई जोगाउने गरी कदम चाल्न आह्वान

साउन २२ । बङ्गलादेशमा उत्पन्न राजनीतिक सङ्कटपछि लोकतान्त्रिक विधिरपद्धति अनिश्चित देखिएको छ । पछिल्लो घटनासँगै झण्डै दुई दशकपछि फेरि बङ्गलादेशको सेना सत्ताको केन्द्रमा आइपुगेको छ । राजनीतिक सङ्कटबीच राष्ट्रपति, संसद् वा अन्य राजनीतिक तथा संवैधानिक निकायको सट्टा सेनाले अग्रसरता लिएकाले त्यहाँ लोकतान्त्रिक पद्धति र प्रकृया नै अनिश्चित देखिएको हो । अन्तर्राष्ट्रिय समुदाय र विश्लेषकहरूले बङ्गलादेशको राजनीतिक, […]
खराब मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो । मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले रातोपाटीलाई जानकारी दिए । खराब मौसमकै कारण केही जहाज अवतरण गर्न […]
विभिन्न क्षेत्रका नदी तथा खोलामा पानीको बहावसँगै जोखिम बढ्यो : सतर्क रहन अनुरोध
काठमाण्डौ । देशका विभिन्न ठाउँमा अहिले मध्यमदेखि ठूलो वर्षा भइरहेको छ । कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि गएरातिदेखि नै ठूलो पानी परिरहेको छ । महाशाखाकाअनुसार मनसुनको न्यून चापीय रेखा नेपालतर्फ […]