शुद्धोधनमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधनमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका–३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । ठक्करपछि सवारी साधन फरार रहेको साथै खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *