बुद्धभूमि नगरपालिकाले दियो ७२ कृषकलाई मिनि ट्रिलर
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ७२ जना कृषकलाई मिनि ट्रिलर वितरण गरेको छ । चालु आर्थिक बर्षको साना कृषि यन्त्र उपकरण वितरण कार्यक्रम अनुसार नगरका ७२ जना कृषकलाई मिनि ट्रिलर वितरण गरिएको कृषि शाखा प्रमुख देवीराम बेल्बासेले जानकारी दिए । उनले ४ जना कृषकलाई कर्नसेलर समेत वितरण गरिएको बताए । उनका अनुसार नगरपालिकाले किसानका लागि […]
शुद्धोधनमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधनमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका–३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने […]
आगलागी पछि भूमिकास्थानका १३ परिवार आवासविहीन
अर्घाखाँची । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिइन्। आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरि आँसु झार्दै उनले भनिन्, “भएको बास खरानी भयो गाँस र बासको पनि टुंगो छैन। कहाँ बस्ने कहाँ खाने।” शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उनको घर जलेर खरानी भएको थियो। त्यही खरानी स्याहार्दै उनले दुखेसो पोखेकी […]
कपिलवस्तुको मायादेवीमा मृत फेला परेका पुरुषको पहिचान खुल्न सकेन्
जनहित अनलाइ, कपिलवस्तु । कपिलवस्तुको मायादेवीमा मृत फेला परेका एक पुरुषको पहिचान खुल्न सकेको छैन । गत ८ गते मायादेवी गाउँपालिका वड नम्बर ४ चाकरचौडा बजार स्थित एक घरको आँगनमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मधेशी मुलको जस्तो देखिने अन्दाजी ६०÷६५ वर्षका पुरुषको शव सनाखत हुन नसकेकोले अहिले कपिलवस्तु […]
गुल्मीमा ७ वर्षपछि दोश्रो ठूलो आगोलागी
गुल्मी । गुल्मीमा सात वर्षपछि दोश्रो ठूलो आगोलागीको घटना भएको छ । यसअघि २०७३ साल बैशाख १८ गते जिल्लाको मुसिकोट नगरपालिका ३ र ४ को तल्लो र उपल्लो दजाकोटमा भिषण आगलागीबाट ५७ घर जलेर पूर्ण रुपमा क्षति भएको थियो ।एक जनाको मृत्यु भएको थियो । दजाकोटका समाज सेवी हरिप्रसाद छन्त्यालका अनुसार ७० वटा गोठ जलेका […]
बाणगंगामा आगलागी हुँदा ३ घर जलेर नष्ट, ९ वटा बङ्गुर पनि मरे
चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छन । सोमबार बिजुलीको तार सर्ट भएर लागेको आगोले ३ वटा घर सङ्गै बङ्गुर फर्म जल्दा ९ वटा बङ्गुर समेत मरेका छन । दिल बहादुर थापाको बङ्गुर फर्ममा लागेको आगोका कारण साना ठुला गरि करिब ९ वटा बङ्गुर मर्दा करिब ८ […]
कम्युनिष्टहरूको पुनः एकता हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टहरूको पुनः एकता हुन सक्ने दाबी गर्नुभएको छ । आज तुल्सीलाल स्मृति प्रतिष्ठानले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले कम्युनिष्टहरूको वाम एकता आमनागरिकबाट अनुमोदन भएकाले सही कामको निम्ति प्रयास जारी राख्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरूलाई एकताबद्ध गर्नु नै अबको गणतन्त्र र राजनीतिक सङ्घर्षको निम्ति आवश्यकता रहेको दाबी गर्नुभयो । […]