शिवराजमा निजी स्कुलले शिक्षकहरुको पारिश्रमिकको विवरण नगरमा पठाउनुपर्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले निजी स्कुलले शिक्षकलाई दिने पारिश्रमिकको विवरण पठाउन निर्देशन गरेको । नगरपालिकाले एक सूचना जारी गर्दै निजी स्कुलहरूलाई ३ दिन भित्र शिक्षकलाई दिने पारिश्रमिकको विवरण पठाउन निर्देशन गरेको हो ।नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख थापाले नीजि विद्यालयको मासिक शुल्क नगरले तोक्ने बताइसकेका छन् । साथै एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटक – पटक भर्नाको नाममा शुल्क नलिनका लागि उनको निर्देशन छ । शुल्क लिएको भए तत्काल फिर्ता गर्न निर्देशन जारी गरिसकेका छन् ।यस्तो निर्देशन दिएको २४ घण्टा नबित्दै नगर प्रमुख थापाले निजी विद्यालयलाई एक पत्र पठाउँदै शिक्षकलाई दिइने मासिक पारिश्रमिकको विवरण पठाउन ताकेता गरेका छन् ।अधिकांश विद्यालयमा पढाउने शिक्षकले न्यून ज्यालामा काम गरिरहेको अवस्थामा नगर प्रमुख थापाले निजी विद्यालयलाई तत्काल शिक्षकलाई दिदैँ आएको पारिश्रमिकको विवरण पठाउन ताकेता गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *