पाल्पामा स्वास्थ्य स्वयम्सेविकाहरुको सम्मानसहित बिदाइ
पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाले ६० वर्ष उमेर पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई सम्मानसहित बिदाइ गरेको छ । लामो समयदेखि मातृशिशु स्याहारमा क्रियाशिल जिल्लाका ११ जना स्वास्थ्य स्वयम्सेविकालाई सम्मानसहित बिदाइ गरिएको हो । संघीय सरकारले २० र प्रदेश सरकारले ५० गरी ७० हजार नगदसहित बिदाइ गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरीले बताए । सम्मानित […]
कपिलवस्तुको तौलिहवा सहित नौ वटा जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि
काठमाण्डाै । तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज तराई मधेशका नाै वटा जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भगवानपुर, तिलोत्तमा, लुम्बिनी, भैरहवा, तौलिहवा, वीरगञ्ज, गौर, जनकपुर र मनुसमारामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियाे । अरू धेरै […]
कपिलवस्तुमा हात्तीपाइले: निवारण हुन नसकेपछि १६ औं पटक औषधि खुवाइदै
कपिलवस्तु । १५ औं पटक हात्तीपाइले (फाईलेरिया) को औषधि खुवाउँदा पनि निष्प्रभावी भएपछि यसवर्ष १६ औं पटक फेरि खुवाउन थालिएको छ । रोग निवारणका लागि सन् २००७ देखि हरेक वर्ष औषधि खुवाउँदै आइएको थियो । लुम्बिनी प्रदेशका अन्य ११ जिल्लामा हात्तीपाइले निवारण भए पनि कपिलवस्तु मात्र बाँकी छ । जाने बुझेका, सचेत र शिक्षित वर्गले […]
शिवराजमा निजी स्कुलले शिक्षकहरुको पारिश्रमिकको विवरण नगरमा पठाउनुपर्ने
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले निजी स्कुलले शिक्षकलाई दिने पारिश्रमिकको विवरण पठाउन निर्देशन गरेको । नगरपालिकाले एक सूचना जारी गर्दै निजी स्कुलहरूलाई ३ दिन भित्र शिक्षकलाई दिने पारिश्रमिकको विवरण पठाउन निर्देशन गरेको हो ।नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख […]
शुद्धोधनले दियो सुरक्षा निकायलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले सुरक्षा निकायलाई विपद् व्यवस्थापन सम्बन्धी सामग्री सहयोग गरेको छ । पालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद्को समयमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको हो ।गाउँपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, उपाध्यक्ष होमप्रकाश चौधरी, र प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले बिहिबार सो सामग्री हस्तान्तरण गरेका हुन् । […]
मटिहानीमा आगोले एकसय २० वटा घर जलेको प्रारम्भिक विवरण
काठमाण्डौ । महोत्तरीको मटिहानी नगरपालिका – ६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगोले एकसय २० वटा घर जलेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलनको काम भैरहेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । आगलागीले बस्ती नै सखाप भएपछि पीडितहरुले खेत र सडकमा रात बिताएका छन् । पीडितहरुलाई नगरपालिकाले त्रिपाल, चिउरा, दालमोठ […]
कपिलवस्तुको तौलिहवाबाट अपहरणको आरोपमा पाँच जना पक्राउ
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अपहरणको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट बुधबार दिउँसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका वडा नं. ४ मालपराका विनीत मिश्रको प्रहरीले आठ घण्टापछि बुटवलबाट सकुशल उद्धार गरेको हो । प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरणको आरोपमा पाँच जना जनालाई पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान भइरहेको उहाँको […]