जनहित अनलाइन, कपिलवस्तु । शितगङ्गा सम्पर्क समिति युएईकाे आयाेजनामा तिज विशेष तथा दर खाने कार्यक्रममा सम्पन्न भएकाे छ । रोजगार तथा अन्य विभिन्न सिलसिलामामा प्रदेशमा रहने नेपालीहरु बीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको आयोजक संस्थाले जनाएको छ ।
लुम्बिनी प्रदेश सम्पर्क समिति युएईका अध्यक्ष प्रेम बहादुर बगल्दारकाे प्रमुख आतिथ्य्तामा भएको उक्त कार्यक्रममा अर्घाखाँची सम्पर्क समाज युएईका अध्यक्ष जे.पि.पाेख्रेलको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सम्पर्क समिति युएईका अध्यक्ष प्रेम बहादुर बगल्दारले प्रदेशी भुमीमा भएपनि नेपाली कला संस्कृतिलाई प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष जे.पि. पाेख्रेलले आउदा दिनमा सिङ्गो अर्घाखाँचीलाईनै एकजुट बनाई अगाडि बढने र अर्घाखाँचीवासीमा आईपर्ने समस्यालाई समाधान गर्न आफू हरपल लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रममा नेपाली स्थानिय कलाकारहरूकाे विशेष प्रस्तुति समेत रहेको थियो ।
कार्यक्रममा संस्थाका सल्लाकार जानका खनाल, वरिष्ट उपाध्यक्ष हरि बि.सी., उपाध्यक्ष युवराज बेल्बासे, महिला उपाध्यक्ष पबित्रा खनाल, सह माहा सचिव रामु भुसाल , कोषाध्यक्ष राजेन्द्र वि.क.सदस्यहरू बिमला रानाभाट, शुशिला खनाल, हुमा लामिछाने मगर, कमल बि.सी., शंकर भण्डारी, हेमनाथ पाैडेल, कमल बेलवासे, लिला बहादुर बेलवासे, सबिता खनाल, बिक्रम घर्ती, हिमाल खनाल, एलिशा भण्डारि ,चाेप बहादुर बि.सी., तुल्सा बगल्दार मगर लगायतका संस्थाका सक्रिय सदस्यहरूकाे सहभागीता रहेको समितिका सचिव अनिल कुमार बि.सी. ले जनहित अनलाइन सग जानाकारी गराउनुभयो ।
कार्यक्रममा शितगङ्गा सम्पर्क समिति युएईका अध्यक्ष गणेश पाैडेलले धन्यवाद मन्तव्य राख्नुभएको थियो । संस्थाकी महिला सदस्य निरू सिङको स्वागत तथा महासचिव लेखनाथ पाैडेलकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


























