जापानीज ईन्सेफलाईटीसबाट कपिलवस्तुमा एक किशोरको मृत्यु
कपिलवस्तु । जापानीज ईन्सेफलाईटीसबाट कपिलवस्तुमा एक जना किशोरको मृत्यु भएको छ । ईन्सेफलाईटीसबाट विजयनगर गाउँपालिका वडा नम्बर २ लोहरौलाका राम शाहाय चौधरीका १७ वर्षीय छोरा गुरुप्रसाद थारुको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ शिवपुरस्थित एक निजी विद्यालयमा अध्ययनरत गुरुको काठमाण्डौस्थित न्युरो अस्पतालमा उपचारका क्रममा एक साताअघि मृत्यु […]
भदौ २६ देखि ढक र तराजु नबिकरण तथा चेक जाँच गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघ

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघले ढक, डिजिटल काटा, तराजु नबिकरण तथा चेक जाँच सम्बन्धि कार्यक्रम गर्ने भएको छ । संघको कार्यालय चारनम्बर जितपुरमा उक्त कार्यक्रम भदौ २६ गते बुधबारबाट सुरु हुने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री । उनका अनुसार उक्त कार्यक्रम नापतौल कार्यालय बुटवलको सहयोगमा गर्न लागिएको हो । […]
शितगङ्गावासीले युएईमा मनाए तीज

जनहित अनलाइन, कपिलवस्तु । शितगङ्गा सम्पर्क समिति युएईकाे आयाेजनामा तिज विशेष तथा दर खाने कार्यक्रममा सम्पन्न भएकाे छ । रोजगार तथा अन्य विभिन्न सिलसिलामामा प्रदेशमा रहने नेपालीहरु बीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको आयोजक संस्थाले जनाएको छ । लुम्बिनी प्रदेश सम्पर्क समिति युएईका अध्यक्ष प्रेम बहादुर बगल्दारकाे प्रमुख आतिथ्य्तामा भएको उक्त कार्यक्रममा […]
शान्ति सुरक्षा कायम गर्न सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्णः प्रहरी निरीक्षक रायमाझी

जनहित अनलाइन, कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा बाट सरुवा भई जान लाग्नुभएका पिपरा प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक गोपाल जङ्ग रायमाझीले समाजमा शान्ति सुरक्षा कायम गर्न सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । सोमबार बाणगङ्गाका सञ्चारकर्मी सङ्गको फेरि भेटौला कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । त्यस्तै रायमाझीले बाणगङ्गाको प्रमुख समस्याको रुपमा रहेको […]
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः प्रदेश निजामती सेवा ऐन संसोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय

देउखुरी। लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ। प्रदेश मन्त्रिपरिषदको सोमबार सम्पन्न बैठकले ऐन संसोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। विभिन्न दफा […]
कपिलवस्तुका १० पालिकामा पशु चौपाया व्यवस्थापन गर्न चुनौती

कपिलवस्तु । कपिलवस्तुको १० पालिकामा पशु चौपाया व्यवस्थापन गर्नु चुनौती बनेको छ। कपिलवस्तु नगरपालिकाको तौलिहवामा सबैभन्दा बढी पशु चौपाया प्राय सडकमै देखिन्छन्। जसले बालीनाली मात्र नाश गरेका छैनन् पशु चौपायाकै कारण सडक यात्रा जोखिमपूर्ण बनेको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ६ का कृषक जनार्दन यादवका अनुसार खेतमा लगाइएको धानबाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ। आफ्नो […]
बाणगंगाका दुई युवाले सञ्चालनमा ल्याए ‘द फिटनेस क्लब’

जनहित अनलाइन, कपिलवस्तु । बदलिदो जीवनशैलिका कारण निम्तिने समस्यालाई मध्यनजर गर्दै बाणगंगाका दुई युवाहरुले बाणगंगाको चारनम्बरमा जिम हाउस सञ्चालनमा ल्याएका छन । विलासीता उपभोग बाट निम्तिने शरीरिक तथा मानसिक समस्यालाई शारीरिक व्यायाम मार्फत समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको उनीहरुले बताए । बाणगंगाका सुगम खनाल र शुसील आचार्यले उक्त जिम हाउस सञ्चालन सञ्चालनमा ल्याएका हुन । […]