शितगंगा १४: घुम्ती शिविरले भौगलिक बिकटताका कारण सेवा लिन नपाएका स्थानिय हर्षित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा १४ मा सञ्चालित घुम्ती शिविरले स्थानियलाई सहज भएको । नगरपालिकाले सञ्चालन गरेको घुम्ती शिविरमा विभिन्न सेवा लिन पाउँदा भौगलिक विकटताका कारण सेवा लिन नपाएका स्थानिय हर्षित भएका छन ।

शिविरबाट ४० जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ । पाठेघरको मुखमा हुने क्यानसरको जाँच तथा सम्भावित क्षयरोगको लागि नमुना संकलन गरिएको छ ।

नगरपालिकाले सञ्चालन गरेको घुम्ती शिविरबाट ८४ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको थियो । ७ जनाले अपाङगता भएका परिचयपत्र बितरण तथा परिचयपत्रका लागि निवेदन संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

लामो दुरि हिडेर नरपालिकामा लिनु पर्ने सेवा वडास्तरबाटै प्रदान गरिने सेवा लिन पाउँदा आफुहरुलाई सहजखुशी लागेको र स्थानीय सरकारको अनुभूति भएको स्थानीयले बताए ।
नगरपालिकाको कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने आफुहरुको लक्ष्यअनुसार नै शिविर सञ्चालन गरिएको योजना अधिकृत नुमलाल खनालले जानकारी दिनुभयो ।

भुगोलको हिसावले टाढा रहेका वडा ६,७,८,१० र १४ लगायतका वडाका नागरिकलाई वडा र टोलस्तरबाटै शिविरको माध्यमबाट सेवा प्रवाह गर्ने उदेश्यले शिविर सञ्चालन गरिएको हो ।

May be an image of 1 person and dais

May be an image of 8 people and dais

Leave a Reply

Your email address will not be published. Required fields are marked *