लुम्बिनी प्रदेश: लाईसेन्सका लागि लिइने निरोगिताको प्रमाणपत्रको सिण्डिकेट हट्यो
बुटवल । लुम्बिनी प्रदेशमा लाईसेन्सका लागि लिइने निरोगिताको प्रमाणपत्रको सिण्डिकेट हटेको छ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात मन्त्रालयले चालक अनुमति पत्र (लाइसेन्स) लिँदा चाहिने निरोगिताको प्रमाणपत्र जारी गर्दा हुँदै आएको सिन्डिकेट तोडेको हो । लाइसेन्सका लागि दरखास्त दिँदा नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै चिकित्सकबाट पनि निरोगिताको प्रमाणपत्र पेश गर्दा मान्य हुने निर्णय मन्त्रालयले गरेको छ […]
शितगंगा १४: घुम्ती शिविरले भौगलिक बिकटताका कारण सेवा लिन नपाएका स्थानिय हर्षित
जनहित अनलाइन, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा १४ मा सञ्चालित घुम्ती शिविरले स्थानियलाई सहज भएको । नगरपालिकाले सञ्चालन गरेको घुम्ती शिविरमा विभिन्न सेवा लिन पाउँदा भौगलिक विकटताका कारण सेवा लिन नपाएका स्थानिय हर्षित भएका छन । शिविरबाट ४० जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको छ । पाठेघरको मुखमा हुने क्यानसरको जाँच तथा सम्भावित क्षयरोगको […]
बाणगङ्गा कपिलवस्तुमै पहिलो पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा
चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका जिल्लाकै पहिलो पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा भएको छ । लुम्बिनी प्रदेश निर्देशनालयले जारी गरेको चार वटा प्रोटोकलहरु पुरा गरि आज विहिबार नगर पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा भएको हो । प्रदेश निर्देशनालयले जारी गरेको “पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता […]
कृष्णनगरको ११ औँ नगरसभा बाट दुई विधेयक पारित
कपिलवस्तु । कपिलवस्तुको कृष्ण्नगर नगरपालिकाको एघारौँ नगर सभा सम्पन्न भएको छ । नगरसभाले दुई विधेयक पारित गरेको छ । नगरसभा अध्यक्ष तथा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रतप शाहले ११ औँ नगरसभाबाट दुई विधेयक पारित भएको जानकारी दिनुभयो । खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्ध व्यवस्था गर्न बनेको विधेयक २०८० र कृष्णनगर नगरपालिकाको विनियोजन ऐन २०८० […]
राष्ट्रिय भलिबलको महिलातर्फ पुलिस र एभरेस्ट क्लब फाइनलमा
काठमाण्डौ । आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ नेपाल पुलिस क्लब र एभरेस्ट क्लब फाइनलमा पुगेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज बिहान भएको पहिलो खेलमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो । अर्काे खेलमा एभरेस्टले न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हरायो । […]
अर्घाखाँचीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

अर्घाखाँची । अर्घाखाँचीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । चैत्र १५ गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले जानकारी दिनुभयो । यस वर्षको एसइईको परीक्षामा अर्घाखाँचीबाट २ हजार नौ सय ७२ परीक्षार्थी सहभागी हुँदैछन् । पराजुलीका अनुसार एक हजार ३ सय […]
कोहलपुर नगरपालिकाले पानीको गुणस्तर परीक्षण गर्दै
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले नगरपालिकाभित्र रहेका पानी उद्योगहरूको उत्पादित पानीको परीक्षण गर्न नमुना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको छ । उद्योगहरूले उत्पादन गर्ने पानीको गुणस्तर नभएको भनी पटक पटक स्थानीयबासीले गुनासो गरेपछि नगरपालिकाले नमुना परीक्षणका लागि प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको कोहलपुर नगरपालिकाका अधिकृत अग्निप्रसाद आचार्यले बताउनुभयो । लाइफ ओके […]
शान्ति सुरक्षा र सुशासन कायम गर्न गृह मन्त्रालयको २१ बुँदे निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । यही चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले बिहीबार ‘नेपाल सरकारको प्रतिनिधिका रुपमा शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ २१ बुँदे निर्देशन जारी गरेको हो । […]
सन्धिखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका –१० धरम्पानीमा लु. ३ त ६४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका –९ राजुपानी निवासी १४ वर्षीय सन्दीप बिक रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रतीकसिंह राठोरले जानकारी दिनुभयो । राठोरका अनुसार […]
लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु
भैरहवा । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । उक्त दुई दिने सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ पनि लुम्बिनी आइपुग्नुभएको छ । कार्यक्रममा भाग लिन १९ वटा मुलुकका गैरआवासीय राजदूतहरू एकै पटक लुम्बिनीमा भेला भएका […]