शितगंगा १३ द्धारा विद्यार्थीलाई पोसाक वितरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ ले विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको छ । वडा भित्र रहेका सम्पूर्ण विद्यालयमा बालविकास देखि कक्षा ३ सम्म अध्यनरत विद्यार्थीहरुलाई विद्यालय पोषाक बितरण गरिएको वडा अध्यक्ष दुर्गा बहादुर वि।सी। ले जनहित अनलाइन सङ्ग बताउनुभयो ।

आर्थिक वर्ष २०८०-८१ को वडा सभा तथा नगरसभाबाट पारित भएको वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको वडा भित्र रहेका १० वटा विद्यालयका १५० जना विद्यार्थीहरुलाई पोषाक बितरण गरिेएको हो । वडा भित्र रहेका गरिब, जेहेनदार विद्यार्थिहरुको मनोबल उच्च बनाइ शैीक्षक गुणस्तर प्रर्वद्धन गर्नेको लागी शैक्षिक सामाग्री अन्तरर्गत पोषाक बितरण गरिएको वडा अध्यक्ष बि सीले जानकारी दिनु भयो । साथै वडाले विगतका दिनहरुमा पनि विभिन्न रचनात्कमक कार्यहरु गदै आइरहेको यस वडाले जनप्रतिनिधी, विद्यालय व्यावस्थापन समिती,शिक्षक विद्यार्थी बिच छलफल गरि शिक्षमा थप गुणस्तर वृद्धि गर्ने सहज प्रक्रिया बाट अनिवार्य तयारी कक्षा सञ्चालन गर्ने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *