शर्मिला वाइबालाई हिरासतमा राख्न सातौं पटक थपियो म्याद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौ । कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ।काठमाडौं जिल्ला अदालतले बिहीबार वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए। उनलाई यसरी म्याद थप गरिएको यो सातौं पटक हो।

प्रहरी वृत्त महराजगञ्जले वाइबामाथि कुटपिट गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ। गत फागुन १६ गते उनलाई सिन्धुपाल्चोक प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको थियो। उनी २३ दिनदेखि हिरासतमा छिन्। कलाकार खतिवडा र उनकी श्रीमतीसँगको विवादको विषयलाई लिएर वाइबाले खतिवडामाथि कुटपिट गरेको आरोप छ।

आफूमाथि कुटपिट भएको भन्दै खतिवडाले प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले वाइबालाई पक्राउ गरेको हो। प्रहरीले पनि अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ। प्रतिवादीलाई पक्राउ गरेको २५ दिनमा मुद्दा अदालत दर्ता गर्नुपर्ने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *