जनहित अनलाइन, कपिलवस्तु । नेपाल शिक्षक महासंघ कपिलवस्तुले भोलि शनिवार शिक्षकहरुको लागि उत्प्रेरणात्मक कार्यक्रम गर्ने भएको छ । शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष गोविन्द पोख्रेलले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
पछिल्लो समय विभिन्न कारणले शिक्षण पेशा प्रति वितृष्णा बढिरहेको भन्दै शिक्षण पेशालाई मर्यादित र प्रभावकारी बनाउनको लागि यस कार्यक्रमले महत्वपुर्ण सहयोग गर्ने उहाँले बताउनुभयो । उत्प्रेरणात्मक कार्यक्रम भोलि शनिबार सिद्धार्थ क्याम्पस बुङ्चिको सभाहलमा बिहान १०ः३० बजे देखि हुने भएकाले जिल्लाका सामुदायिक विद्यालयका सम्पुर्ण शिक्षकहरुलाई उपस्थित हुन अध्यक्ष पोख्रेलले आग्रह समेत गर्नुभयो ।

