बाणगङ्गा २ मा समुदायमा सरकारी वकील एवं कानुनी सचेतना कार्यक्रम
चेतन विष्ट, कपिलवस्तु । सरकारी वकीलकको भुमिका बारे जनतालाई सुसूचित गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगामा समुदायमा सरकारी वकील एवं कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार जिल्ला सरकारी वकील कार्यालय कपिलवस्तुको आयोजनामा बाणगंगाको पिपरामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै जिल्ला सरकारी वकील कर्यालय कपिलवस्तुका न्यायधिवक्ता प्रकास मरासिनीले उपस्थित बाट आएका प्रश्नहरुको सम्बोधन गर्दै […]
शनिवार नेपाल शिक्षक महासंघ कपिलवस्तुले उत्प्रेरणात्मक कार्यक्रम गर्दै
जनहित अनलाइन, कपिलवस्तु । नेपाल शिक्षक महासंघ कपिलवस्तुले भोलि शनिवार शिक्षकहरुको लागि उत्प्रेरणात्मक कार्यक्रम गर्ने भएको छ । शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष गोविन्द पोख्रेलले जनहित अनलाइन सङ्ग बताउनुभयो । पछिल्लो समय विभिन्न कारणले शिक्षण पेशा प्रति वितृष्णा बढिरहेको भन्दै शिक्षण पेशालाई मर्यादित र प्रभावकारी बनाउनको लागि यस कार्यक्रमले […]
लुम्बिनीमा चैते धान रोपाइँको क्षेत्रफल घट्यो, कपिलवस्तुमा ५ हेक्टरमा मात्रै रोपाइँ
बुटवल । लुम्बिनी प्रदेशमा अघिल्लो वर्षको तुलनामा यो वर्ष चैते धान रोपाइँको क्षेत्रफल घटेको छ । गत वर्ष ३ हजार ३८ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा यो वर्ष २ हजार ६७७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको प्रदेश कृषि निर्देशनालय बुटवलले जनाएको छ । निर्देशनालयका कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी डिल्लीराज पौडेलले गतवर्ष भन्दा […]
रोल्पाको त्रिवेणी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकालाई एक कार्यक्रमबिच पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले त्रिवेणी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण–पत्र पालिका अध्यक्ष कर्ण बहादुर बाँठामगर र उपाध्यक्ष लेखमणि डाँगीलाई हस्तान्तरण गर्नुभयो । गाउँपालिकाका ७ वटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि सिङ्गो गाउँपालिकालाई […]
रोल्पामा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी
रोल्पा । रोल्पा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका सबैभन्दा बढी छन् । अदालतमा दर्ता भएका करिब ६ सय मुद्दामध्ये ३ सय २६ वटा सम्बन्ध विच्छेदका छन् । तीमध्ये चालू आर्थिक वर्षमा २ सय ७५ वटा मुद्दाको फैसला भइसकेको छ भने अब ५१ वटा मात्रै मुद्दा बाँकी छन् । रोल्पा अदालतका स्रेस्तेदार शिव पराजुलीका […]
दाङको रात्रि प्राविमा दुई तहका विद्यार्थी एउटै कक्षामा पढ्दै
दाङ। दाङको राप्ती गाउँपालिका-४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बिचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ । गाउँ ठुलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ । कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल २१ जना मात्रै विद्यार्थी छन् । शिशु कक्षामा एक जना पनि विद्यार्थी छैनन्, […]
रुखबाट लडेर पाल्पाको रम्भामा महिलाको मृत्यु
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका-५ ढाकर डाँडाकी ३१ वर्षीया मीना कुमारी लामिछानेको रुखबाट लडेर शुक्रबार मृत्यु भएको छ। आफ्नै बारीको कान्लामा रहेको काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा बिहान सवा आठ बजे उनी लडेर घाइते भएकी थिइन्। तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक […]
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार […]