लुम्बिनी प्रदेश सरकार विस्तार, थपिए ६ मन्त्री

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् ।मुख्यमन्त्री महराले एमालेबाट चारजना, नागरिक उन्मुक्ति र स्वन्त्रबाट एक/एकजना गरी ६ विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।एमालेबाट भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, दिनेश पन्थी र अर्जुनकुमार केसी मन्त्री बनेका छन् । यसैगरी नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत पनि विनाविभागीय मन्त्री नियुक्त भए ।मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन विनाविभागिय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रालय र भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

आज विस्तार गरिएको मन्त्रीमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ । साना दलहरुले भने आजको मन्त्रीमण्डल विस्तारमा असन्तुष्टि जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *