यूएईको बाढीमा परी भरतपुरका पुनको मृत्यु

काठमाडौं । युनाइटेड अरब इमिरेट्स ९यूएई० मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा काम गर्ने […]

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, मन्त्रालयको सङ्ख्या ११

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तारपछि लुम्बिनीमा मन्त्रालयको सङ्ख्या ११ पुगेको छ । बिहीबार नियुक्त सबै विनाविभागीय मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराउनुभयो । यसअघि विनाविभागीय मन्त्रीको रूपमा शपथ लिनुभएका तीनजना मन्त्रीको जिम्मेवारी तोकिएको छ । जस अनुसार […]

दाङमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट बिहिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ मानपुरका ५ वर्षीय सुशान्त चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए । तुलसीपुर–१६ निवासी ३० वर्षीय मोहन बस्नेतले चलाएको रा ३ प २५२० नम्बरको मोटरसाइकलले मानपुर डुरुवा सडकखण्डमा बिहान१० बजे बालकलाई ठक्कर दिएको थियो । […]

कपिलवस्तु शिक्षक महासंघको अध्यक्षमा पोख्रेल सर्वसम्म्त

जनहित अनलाइन, कपिलवस्तु । नेपाल शिक्षक महासंघ कपिलवस्तुको अध्यक्षमा गोबिन्द पोख्रेल निर्वाचित हुनु भएको छ । मंगलबार भएको अधिवेशन बाट पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । वितग २० वर्ष देखि अध्यापन पेशमा सक्रिय रहनुभएका पोख्रेल विभिन्न शिक्षकहरुका मागमा अग्रपंक्तिमा रहेर काम गर्दै आउनु भएको छ । कपिलवस्तुमा रहेको बाणगंगा माध्यमिक बिद्यालय गजेहडा […]

लुम्बिनी प्रदेश सरकार विस्तार, थपिए ६ मन्त्री

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् ।मुख्यमन्त्री महराले एमालेबाट चारजना, नागरिक उन्मुक्ति र स्वन्त्रबाट एक/एकजना गरी ६ विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।एमालेबाट भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, दिनेश पन्थी र अर्जुनकुमार केसी मन्त्री बनेका छन् । यसैगरी नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत पनि विनाविभागीय मन्त्री नियुक्त भए […]