लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन,तीन जना मन्त्री नियुक्त हुन बाँकी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाण्डौ।  लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा गएको साउन ९ गते नयाँ सरकार गठन भएको थियो । अहिले लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट चार तथा एमालेबाट चार गरी आठ जना मन्त्री छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित कूल १२ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा तीन जना मन्त्री नियुक्त हुन बाँकी नै छ । सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रिक्त छन् ।

मुख्यमन्त्री आचार्य सरकारलाई पूर्णता दिने विषयमा कांग्रेस र अरू चार दलसँग निरन्तर छलफलमा हुनुहुन्छ । सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले तीन जना मन्त्री छिट्टै नियुक्त गरेर सरकारलाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेका तीन मन्त्रालयमध्ये एउटा कांग्रेसलाई र दुई मन्त्रालय सरकारको समर्थनमा रहेका साना दललाई दिने तयारी छ ।

कांग्रेसका लागि सामाजिक विकास मन्त्रालय दिने तयारी छ । अहिले सरकारमा चार मन्त्रालयसहित सहभागी भएको कांग्रेसको भागमा पाँच मन्त्रालय परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *