लुम्बिनीमा यस वर्ष मानव अधिकार उल्लङ्घनको घटनामा दुई हजार ८३ जना पीडित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालगन्ज । लुम्बिनी प्रदेशमा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा दुई हजार ८३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले नेपालगन्जमा सार्वजनिक गरेको गत वर्षको मानव अधिकारको अवस्थाको तथ्याङ्क सार्वजनिक गरेको हो ।

इन्सेकका अनुसार सन् २०२२ मा भने दुई हजार ९९ जना पीडित थिए । यस वर्ष ज्यादतीका घटनामा अन्य पक्षबाट एक हजार ९६३ जना महिला तथा ७५ जना पुरुष र लैङ्गिक अल्पसङ्ख्यक १ जनासहित जम्मा दुई हजार ८३ जना पीडित भएका छन् । जसमा महिला अधिकार उल्लङ्घनमा एक हजार ६११ जना छन् ।

तथ्याङ्क सार्वजनिक गर्दै इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले घरेलु हिंसाका घटनामा एक हजार ४३५, बलात्कारका घटनामा १२२, महिला बेचबिखनका घटनामा ५, महिला बेचबिखन प्रयासका घटनामा १०, कथित बोक्सीको आरोपमा २, बहुविवाह १, बलात्कार प्रयासका घटनामा २९ र यौन दुव्र्यवहारको घटनामा ७ जना पीडित भएको पाइएको बताउनुभयो ।

तथ्याङ्क अनुसार बाल अधिकार उल्लङ्घनका घटनामा ३०४ जना पीडित भएका छन् भने यौन दव्र्यवहारको घटनामा ७ जना बालकसहित ७५ जना, बालबालिका बेचबिखनमा ९, नवजात शिशुको हत्या घटनामा १ जना बालिकासहित ४ जना, यातना दिइएको घटनामा १ जना, शिक्षाबाट वञ्चित गराइएको घटनामा ३ जना, बालविवाहका ६ वटा र विद्यालयमा शारीरिक सजाय दिएको १ जना बालिका, ४ जना बालक गरी ५ जना पीडित भएको उल्लेख छ ।

मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ५० जना महिला र ५७४ जना पुरुष गरी जम्मा ६२४ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ६ हजार ८४९ जना पीडित भएको तथ्यांकमा जनाइएको छ ।

सार्वजनिक गरिएको तथ्याङ्कमा राज्य पक्षले २७ जनालाई कुटपिट गरेको जनाउँदै राज्य पक्षले एक वर्षमा ९ जनालाई कानुन मिचेर पक्राउ गरेको उल्लेख गरिएको छ ।

सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म गरिएको अध्ययन प्रतिवेदनका रूपमा प्रकाशन भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अनुसार प्रदेशका कारागारमा ३ जनाको मृत्यु भएको छ भने २ जनामाथि अमानवीय व्यवहार, १ जनाको हिरासतमा मृत्यु, १ जनालाई धम्की र १ जनामाथि महिला अधिकारसम्बन्धी घटना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *