कपिलवस्तु प्रहरीले लागूऔषधको जालो तोड्दै, ८ महिनामा ११ जना सेवनकर्ता पक्राउ

कपिलवस्तु । गएको ८ महिनामा कपिलवस्तुबाट ४९ ग्राम ४७ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको छ । ४० जना कारोबारीबाट गएको साउनयता फागुनसम्म उक्त परिणाममा ब्राउन सुगर पक्राउ परेको हो । २९ जना बेचबिखनमा संलग्न रहेका र ११ जना सेवनकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ४० जनालाई नै मुद्दा चलाइएको छ । २० […]

कपिलवस्तुको महाराजगन्जका एक वडाध्यक्ष अख्तियारको फन्दामा

बुटवल  ।  कपिलवस्तुमा एक जना  वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग  बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा  पास गर्ने नाममा  घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको  हो । अख्तियार बुटवल सूचना अधिकारी एवं  उपसचिव  ईश्वरी  प्रसाद आचार्यले १५ हजार  नगदसहित नियन्त्रणमा लिएको बताए […]

लुम्बिनीमा यस वर्ष मानव अधिकार उल्लङ्घनको घटनामा दुई हजार ८३ जना पीडित

नेपालगन्ज । लुम्बिनी प्रदेशमा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा दुई हजार ८३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशले नेपालगन्जमा सार्वजनिक गरेको गत वर्षको मानव अधिकारको अवस्थाको तथ्याङ्क सार्वजनिक गरेको हो । इन्सेकका अनुसार सन् २०२२ मा भने दुई हजार ९९ जना पीडित थिए । यस वर्ष ज्यादतीका […]

लुम्बिनीमा नयाँ सरकार गठनको दौडधुप

दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलले सक्रियता बढाएका छन् । नेपालको पछिल्लो राजनीतिक समीकरण अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले पाउने निश्चित जस्तै बनेपछि सो दलका नेताहरूले छलफल अघि बढाएका हुन् । हालसम्मको छलफल अनुसार माओवादी केन्द्रले लुम्बिनी सरकारको नेतृत्व गर्ने सम्भावना बढेको छ । यदि माओवादी केन्द्रले सरकारको नेतृत्वमा […]

अर्घाखाँचीका पर्यटकीयस्थल चिनाउन सुपादेउरालीमा सूचना डेस्क

अर्घाखाँची । अर्घाखाँचीको परिचयसहित धार्मिक तथा ऐतिहासिक सम्पदाको बारेमा जानकारी दिन सुपादेउरालीमा सूचना डेस्क स्थापना गरिएको छ । धार्मिक पर्यटकीयस्थलका रूपमा चर्चित सुपादेउराली मन्दिरमा आएका तीर्थालुले अर्घाखाँची जिल्लाभरको भूगोल, शक्तिपीठका मन्दिर, गुफा, संस्कृत व्याकरणको उद्गम थलो पाणिनि तपोभूमि, पतञ्जलीको जन्मस्थललगायका प्राकृतिक संरचना र घम्न ठाउँको बारेमा जानकारी पाउनेछन् । जिल्लाका ६ स्थानीय तहका ६१ वडाको […]

दुई दिनको अन्तरालमा बडिगाड खोलमा डुबेर दुई जनाको मृत्यु

गुल्मी । दुई दिनको अन्तरालमा  बडिगाड खोलमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । शनिबार अपरान्ह अन्दाजी ५ बजेको समयमा मुसिकोट नगरपालिका ४ आरुपाटाका  २१ वर्षिय सन्दिप कुमाल र  आईतबार  दिउँसो ११ बजेको समयमा गुल्मीदरबार  गाउँपालिका २ घोरा उपल्लाखर्कका   १२ वर्षिया छोरा प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेको हो  । जिल्ला […]