लुम्बिनीमा बिहीबार दिउँसो ४ बजे अधिवेशन बैठक आह्वान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले दिउँसो ४ बजे बैठक बोलाउने निर्णय गरिएको बताए ।

केन्द्रमा सत्ता बदलिएपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिना भित्र अर्थात चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

अल्पमतमा परेका उनले प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिनसम्म सञ्चालन गरेर अन्त्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *