चेतन विष्ट, कपिलवस्तु । लायन्स कल्ब अफ कपिलवस्तु दिदी बहिनी २०२४/२५ को अध्यक्षमा भगवति देवी रेग्मि भुषाल चयन हुनुभएको छ । मंगलबार भएको क्लबको चौँथो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा पार्वती खड्का भुषाल, द्धितिय उपाध्यक्षमा सिता भण्डारी, तृतिय उपाध्यक्षमा सरस्वती सोमै, सचिवमा पुजा अर्याल, कोषाध्यक्षमा खुमा बेल्वासे सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सहसचिवमा रमा भट्टराई र सह कोषाध्यक्षमा सरिता घिमिरे चयन हुनुभएको हो ।
नवनिर्वाचित अध्यष भुषालले सामाजिक कार्यमा सक्रिय रहेको क्लबलाई आफुले थप उचाइमा पुर्याउने बताउनुभयो । विगतमा पनि विभिन्न पदमा बसेर सक्रियताका साथ काम गरेको स्मरण गर्दै अब अझ सशक्त भएर लाग्ने बताउनुभयो ।
कार्यक्रम २०२३/२४ कि अध्यक्ष रिता खनालको अध्यक्षता, लायन्स कपिलवस्तु दिदीबहिनीकी संस्थापक अध्यक्ष तथा जोन चियर प्रसन लक्ष्मी गैरेको प्रमुख आतिथ्यता, डिपिएम सविता पौडेल सापकोटा र र पुर्व अध्यक्ष सिता कडेलको विशिष्ट आतिथ्यता सम्पन्न भएको थियो ।
क्लबका विभिन्न पादाधीकारी लगायतको उपस्थिती रहेको कार्यक्रमका सञ्चालन भने सचिव सरस्वती सोमैले गर्नुभएको थियो ।



