रोल्पामा पहिरोले घर पुर्दा हजुरआमाको मृत्यु, नातिनी बेपत्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमाको मृत्यु भएको छ भने नातिनी बेपत्ता भएकी छिन् ।

सुनछहारी गाउँपालिका ४ सिउरीमा देउसिंह कामीको घर गएराति १० बजे पहिरोले पुर्दा उनकी आमा ७० वर्षीया बुसुना सुनारको मृत्यु भएको हो । उनको शव निकालिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।

देउसिंहकी ४ वर्षीया छोरी भने भेटिएकी छैनन्। अहिले प्रहरी र स्थानीय उनको खोजी तथा उद्धारमा जुटिरहेको डीएसपी लामाले बताए।

देउसिंह र उनकी पत्नी कामको सिलसिलामा बाहिर रहेकाले जोगिएको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *