रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तु बर्ष २४-२५ को पदीय जिम्मेवारी न्यौपानेलाई

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बिष्णु खरेल, कपिलवस्तु ।
रोटरी क्लबअफ सेन्ट्रल कपिलवस्तुले वर्ष २०२४-२५ को पदीय जिम्मेवारी ज्ञानहरि न्यौपानेलाई हस्तान्तरण गरेको छ । शनिबार बाणगंगाको ठाकुरापुर स्थित पिस हिमालय रिसोर्टमा तेस्रो स्थापना समारोह कार्यक्रम गदै सस्थापक निवर्तमान अध्यक्ष धर्मराज भट्टराइले वर्ष २०२४- २५ को अध्यक्षको जिम्मेवारी न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश पुर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य बिष्णु पन्थिले शुभकामना दिदै रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुले विगतका दिनमा विभिन्न सामाकि कार्य गर्दै आएको र आगामि दिनहरुमा पनि निरन्तरता दिनेमा आफु बिश्वस्त रहेको बताउनु भयो । एकले अर्कोलाई सफा हृदयले सहयोग गर्दै जानेहो भने समाज परिवर्तन गर्न समय नलाग्ने उहाँको जिकिर रहेको थियो ।

त्यस्तै संथापक निवर्तमान अध्यक्ष धर्मराज भट्टराइले शुभकामना मन्तव्य दिदै यो कुनै संगठनको क्लब नरहेको र सेवा गर्ने उदेश्यले समृद्ध समाज निर्माणका निम्ति रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको स्थापना गरिएको भन्दै आफ्नो कार्यकालमा जस्तै आगामि दिनमा पनि कटिबद्ध भएर अनुकरणिय कार्य गर्ने बताउनु भयो ।

त्यस्तै बर्ष २४(२५ का अध्यक्ष ज्ञानहरि न्यौपानेले सपथ ग्रण गरि आफुले पाएको जिम्मेवारीलाई बोधार्थका साथ बहन गर्ने गरि एक महिनामा एउटा कार्य गर्ने भन्दै एक बर्षमा १२ ओटा समय अनुसारका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले गर्ने कामहरु सामुदायिक विधालयामा अध्ययन गर्ने गरिब तथा जेहेनदार विधार्र्थीलाई एक बर्षको फुल छात्रवृत्ति उपलब्ध, रक्तदान कार्यक्रम, दशै तिहारको उपलक्षमा मौलिकता झल्काउदै शुभकामना आदान प्रदान कार्यक्रम, स्वस्थ्य शिविरको आयोजना, आवश्यक स्थानमा कपडा वितरण, सामुदायिक विधालयमा शैक्षिक सामाग्री वितरण, केहि संख्यामा रोजगारी उपलव्ध, जन्मोत्सव बिशेष कार्यक्रम, सार्वजनिक स्थानमा फलफुल वितरण र वृक्षरोपण लगाएतका कार्यहरु गर्ने बताउनु भएको छ ।

यसैविच आथिक अवस्था कमजोर भएकि बालिका ममता क्षेत्रीलाई नगद दश हजार सहित जिन्सि सामाग्रि सहयोग गरेको छ ।

ज्ञानहरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अथिति लुम्बिनी प्रदेश पुर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य बिष्णु पन्थी, बिशिष्ट अथिति बाणगंगा नगरप्रमुख चक्रपाणि अर्याल, हिमाल गैरे , धर्मराज भट्टराइ र बाबुराम भट्टराई, दिनेशराज रेग्मी, मिनराज, युवराज आचार्य, धर्मराज घिमिरे, बासुदेब घिमिरे, कपिल पौडेल, प्रविन पौडेल, भगवति, साहिल घिमिरे, सुनिष श्रेष्ठ, सन्तोष गैरे,  शोमनाथ अर्याल, एन्जल न्यौपाने, बालकृण पाण्डे, डम्बर शर्मा, नारायण पौडेल लगाएतको उपस्थिति रहेको थियो भने गोपाल खनालको स्वागत मन्तव्य र सचिब बेदुराम पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *