रुपन्देही बाट २०७ बोरा अवैध चिनी बरामद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, रुपन्देही । रुपन्देही बाट २०७ बोरा अवैध चिनी बरामद भएको छ । बिहीबार सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याएको चिनी बरामद गरेको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ स्थित गोदाम बनाएर नेपाली चिनी मिलहरूको बोरामा प्याकिङ गरिरहेको अवस्थामा उक्त चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै १ थान बोरा सिलाउने मेसिन पनि बरामद गरिएको प्रहरीले बताएको छ ।

उक्त चिनीको मूल्य रु ६ लाख ६६ हजार २ सय ५० र मेसिनको मूल्य रु १० हजार गरी रु ६ लाख ७६ हजार २ सय ५० भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी मोहन न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *