नियम अनुसार सामुदायिक अस्पतालका समस्या सम्बोधन गर्न तयार छुः मन्त्री पुन

चेतन विष्ट, कपिलवस्तु । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले नियम कानुनले दिए सम्म कपिलवस्तु सामुदायिक अस्पतालको विकासमा सहयोग पुर्याउने बताउनुभएको छ । स्वास्थ्य संवेदनसील क्षेत्र भएकाले यसको विकासको लागि कसैले पनि आफ्ठ्यारो पार्न नहुने उहाँले बताउनुभयो । शुक्रबार कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजना गरिएको स्वागत तथा सम्मान कर्याक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो […]

साउनदेखि लुम्बिनीमा ३२७ आगलागीका घटना, कपिलवस्तुमा मात्र ७७ घर र २७ गोठ जले

बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष ३२७ आगलागीका घटनामा २१ करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । साउनदेखि वैशाख १२ अर्थात् बुधबारसम्म लुम्बिनी प्रदेशका १२ जिल्लाका विभिन्न स्थानमा भएको आगलागीमा ३०६ घर र २३२ गोठ जलेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीमा १६२ घरका ७६७ जना मानिस विस्थापित […]

शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न शिवराजको अल्टिमेटम

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको भए पाँच दिनभित्र त्याग्न अल्टिमेटम दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै शिक्षा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी कुनै दलको सदस्य भए कानुनी कारबाही गर्न पत्राचार गरेको भन्दै यस्तो अल्टिमेटम दिएको […]

बाँकेको नरैनापुरमा औलोको सङ्क्रमण बढ्दै

नेपालगन्ज। बाँकेको दुर्गम र पिछिडिएको नरैनापुर गाउँपालिकामा औलो रोगको सङ्क्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको हालसम्म एक सय एक जना औलोका नयाँ बिरामी भेटिएपछि गाउँपालिकाले सो नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको जनाएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्रकुमार शाहका अनुसार गत आर्थिक वर्ष २०७९।०८० मा सो पालिकामा १०२ जनामा औलो रोग पुष्टि भएको […]

अर्घाखाँचीमा आगलागीबाट ४२ घर पूर्णरुपमा जले

सन्धिखर्क। अर्घाखाँचीमा आगलागीबाट ४२ घर पूर्णरुपमा जलेका छन् । घर जलेपछि पीडित परिवार त्रिपालमुनी बस्न बाध्य छन् । ५८ गोठ पूर्ण र दुई आंसिक गरी ६० वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । आगलागीमा परी ५३ पशुचौपायाको मृत्यु भएको छ १९ पशुचौपाया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रतितसिंह राठोरदे […]

रुपन्देही बाट २०७ बोरा अवैध चिनी बरामद

जनहित अनलाइन, रुपन्देही । रुपन्देही बाट २०७ बोरा अवैध चिनी बरामद भएको छ । बिहीबार सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याएको चिनी बरामद गरेको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ स्थित गोदाम बनाएर नेपाली चिनी मिलहरूको बोरामा प्याकिङ गरिरहेको अवस्थामा उक्त चिनी बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै १ थान बोरा सिलाउने मेसिन […]

गएराति मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

जनहित अनलाइन, गुल्मी । गएराति मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । दुर्घटनामा गुल्मीदरबार-४ भट्टेचौरका ३१ वर्षका यमबहादुर सुर्यवंशी घाइते भएका छन् । गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु३५ […]

रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि

भैरहवा। रुपन्देहीको बेलहिया हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । पछिल्लो समय यो नाका हुँदै पर्यटक आउने क्रम बढ्दै गएको हो । स्थलमार्गबाट आउने भारतीय पर्यटकको तथ्याङ्क भने राख्ने गरिएको छैन । पर्यटन व्यवसायी एवं सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर (सोट्टो) नेपालका लुम्बिनी प्रदेश अध्यक्ष श्रीचन्द गुप्ताका अनुसार भारतीय पर्यटकको आवागमन पनि […]