रुपन्देहीको मायादेवी गाउँपालिकाले पालिका प्रहरी नियुक्त गर्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकाले पालिका प्रहरी राख्ने निर्णय गरेको छ। आइतबारदेखि सुरु भएको गाउँपालिकाको १७ औं अधिवेशनले एक जना सहायक प्रहरी निरीक्षकसहित सात जना पालिका प्रहरी नियुक्त गर्ने निर्णय गरेको हो।

पालिकाका प्रवक्ता एवं वडा नं। ७ का अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयका अनुसार तीन जना महिला र तीन जना पुरुष प्रहरी जवान नियुक्त गरिनेछ।

सो अवसरमा पालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै पालिकाका योजना समयमै सम्पन्न गर्न कर्मचारी र जनप्रतिनिधिलाई आग्रह गरे।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले पालिकाका योजना पारदर्शी र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै भावी रणनीतिबारे आफ्नो धारणा व्यक्त गरे। अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *