रुपन्देहीका विभिन्न ठाउँ बाट भन्सार छलेर भित्र्याइएका सामान बरामद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भैरहवा । प्रहरीले रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर भित्र्याइएका खाद्यान्न र घरायसी उपयोगमा सामान बरामद गरेको छ । खुला सिमानाबाट भन्सार छलेर सामान भित्र्याउने परम्परा निरुत्साहित गर्न जिल्लाका ग्रामीण नाकामा समेत प्रहरी परिचालन गरिएको छ । यसक्रममा भन्सार छलेर चोरी पैठारी गरिएका सामान दैनिक बरामद भइरहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टका अनुसार इलाका प्रहरी मर्चवारबाट खटिएको टोलीले बिहीबार मर्चवारी–४ दुवौलीयाबाट दुई लाख १९ हजार रुपैयाँ मूल्य बराबरको ७३ बोरा प्याज नियन्त्रणमा लिएको थियो । प्रवक्ता भट्टका अनुसार लु १ ख ७१२३ नम्बरको मिनि ट्रक जाँच गर्ने क्रममा चोरी पैठारी गरेर भित्र्याइएको उक्त प्याज बरामद गरिएको हो । प्रहरीले भन्सार छलीमा संलग्न आरोपमा ट्रक चालक मायादेवी–७ का २० वर्षीय अविनाश यादवलाई पक्राउ गरको जनाएको छ । बरामद प्याज, मिनि ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी मातहतबाट खटिएको टोलीले भारतबाट भन्सार छलेर भित्र्याइएका ९२ हजार रुपैयाँ मूल्यका ब्रोइलर कुखुरा लगायत सामाग्री बरामद गरिएको जनाएको छ । दुई दिनअघि इलाका प्रहरी लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक –२ लंकापुरबाट १२ हजार मूल्यका ब्रोइलर कुखुरा बरामद गरेको थियो भने इलाका प्रहरी बेथरीको टोलीले मायादेवी–३ सुक्रौलीबाट ३० हजार मूल्य बराबरका कुखुरा बरामद गरेर आवश्यक कारबाहीका लागि क्वारेन्टाइन कार्यालय पठाएको छ । लुम्बिनी सांस्कृतिक–३ पैसियामा बेवारिसे अवस्थामा छाडिएका ५० हजार मूल्यका विभिन्न कस्मेटिक सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *