विजयनगरमा मोटरसाइकल र ट्याक्टर ठोकिँदा एक युवकको मृत्युु

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा मोटरसाइकल र ट्याक्टर ठोकिँदा एक जनाको मृत्युु भएको छ ।विजयनगर गाउँपालिका ६ बद्धौर हुलाकी सडकमा मोटरसाइकल र ट्याक्टर ठोकिँदा कृष्णनगर नगरपालिका १ का मोटरसाइकल चालक २९ वर्षीय बुफरान खाँ को मृत्यु भएको हो । भारतीय युपी ५५ एम नम्बरको मोटरसाइकल र लु ५ त ७१३ नम्बरको ट्याक्टर एकआपसमा ठोकिँदा […]

एमाले कपिलवस्तुको अध्यक्षमा बहालवाला शर्मालाई हराउँदै खनाल विजयी

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बहालवाला अध्यक्ष डम्बर शर्मालाई हराउँदै बाबुराम खनाल विजयी भएका छन् ।आज भएको मतदानमा खनालले २७८ मत ल्याएका छन् भने शर्माले २५३ मत ल्याएका छन्। शर्मा कपिलवस्तु एमालेको बहालवाला अध्यक्ष हुन्। उपाध्यक्षमा शङ्कर पाण्डेले ३१२ मत ल्याएर भेषराज पाण्डेलाई पराजित गरेका छन्। भेषराजले २०१ मत ल्याएका छन्। सचिवमा सीबी गहतराज […]

रुपन्देहीका विभिन्न ठाउँ बाट भन्सार छलेर भित्र्याइएका सामान बरामद

भैरहवा । प्रहरीले रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर भित्र्याइएका खाद्यान्न र घरायसी उपयोगमा सामान बरामद गरेको छ । खुला सिमानाबाट भन्सार छलेर सामान भित्र्याउने परम्परा निरुत्साहित गर्न जिल्लाका ग्रामीण नाकामा समेत प्रहरी परिचालन गरिएको छ । यसक्रममा भन्सार छलेर चोरी पैठारी गरिएका सामान दैनिक बरामद भइरहेका छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टका अनुसार […]

नवलपरासी पश्चिम बाट अवैध उत्खनन् गर्नेलाई ३ लाख जरिवाना

नवलपरासी पश्चिम । अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले एक व्यक्तिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । सुनवल-१३ बडेरा खोलामा नगरको अनुमतिबिना नदीजन्य पदार्थको उत्खनन् गरेको अवस्थामा प्रशासनले ३ वटा टिपर नियन्त्रणमा लिएको थियो । प्रशासनले नियन्त्रणमा लिएर नगरपालिकालाई जिम्मा लगाएको टिपरलाई प्रतिटिपर १ लाखका दरले जरिवाना गरेको हो […]

बर्दिया बाट ब्राउन सुगरसहित एक जना पक्राउ

बर्दिया । प्रहरीले मधुवन नगरपालिका–७ गाउँ नम्बर–५ बाट एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । प्रहरीले २८ वर्षीय विकास पुनलाई ६ सय १० मिलिग्राम उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय,बर्दियाका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले बताए । पुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय,ढोढरीमा राखी अनुसन्धान भई रहेको प्रहरी निरीक्षक ठकुरीले जनाए […]

बुटवलका २ व्यक्ति १ करोड रुपैयाँसहित काठमाडौं बाट पक्राउ

काठमाडौँ । काठमाडौँमा स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सानुराम भट्टराईले ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई गएराति पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका व्यक्ति दुवै रुपन्देहीस्थित बुटवल घर भएका पुरुष हुन्। ‘घटनाबारे हामी अहिले बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर विस्तृत बताउने […]

एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा र खनाल बीच चुनाव हुँदै

बुटवल । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा र बाबुराम खनाल बीच चुनाव हुने भएको छ । १० औं अधिवेशनमा आगामी नेतृत्वका लागि आकांक्षीहरुबीच सहमति नजुटेपछि आज मतदान हुने भएको हो । नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष डम्मर शर्मा र अघिल्लो अधिवेशनका प्रतिस्पर्धी बाबुराम खनालबीच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्षमा उम्मेदारी दिएका विश्राम चौधरीले […]