राम दतिवन धाममा महाशिवरात्रि महापर्व सुरु, १५ गते सम्म सञ्चालन हुने  

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बिष्णु खरेल, कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गामा अवस्थित राम दतिवन धाममा महाशिवरात्रि महापर्व   महारुद्राभिषेक आज बाट सुरु भएको छ । रुद्राभिषेक फाल्गुन १५ गते सम्म सञ्चालन हुने राम दतिवन धाम व्यवस्थापन समितिले जनहित अनलाइन सङ्ग बताएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले इतिहास बोकेको पवित्र स्थल रहेको भन्दै यसको संरक्षण र प्रवर्द्धन गर्न सबै पक्ष मिल्नुको विकल्प नरहेको बताउनुभयो । भगवान रामले दतिवन गरेको र उक्त समयमा हिँडेका पाइला समेत रहेको जनविश्वास रहेको भन्दै यसलाई विश्वकै पर्यटकीय धार्मिक स्थल बनाउन सकिने बताउनु भयो । धाममा जानको लागि बाटो र बिद्युत् जडानको पहल भैरहेको पनि मेयर अर्यालले बताउनुभयो ।

त्यस्तै धामका अध्यक्ष तथा महापर्व संयोजक लछमण रायमाझिले यस धामलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन लागिइरहेको बताउनु भयो । महत्वपूर्ण इतिहास बोकेको राम दतिवन धाम बाणगङ्गा नगरको मुटु भएको भन्दै यस धामको संरक्षण गर्न सकेमा विश्वमा नाम कमाउन सकिने बताउनुभयो । त्यस्तै उहाँले धामको संरक्षण र प्रवर्द्धन गर्न सबै पक्षलाई आह्वान समेत गर्नुभयो । महापर्वमा सञ्चालन गरिएको महारुद्राभिषेक बाट धाममा रामको मुर्ति र मानव सेवा ट्रसको लक्ष राखिएको बतानुभयो
त्यस्तै बाणगङ्गा ९ का वडा अध्यक्ष कमल पौडेल,  इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र बहादुर जि सि, राप्रपा केन्द्रीय सदस्य धुर्व रायमाझि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
महारुद्राभिषेक निर्देशका खेमराज पौडेलको स्वागतमा सञ्चालन भएको उद्‌घाटन सत्रको सञ्चालन हिमा बेल्वासेले गर्नुभएको थियो । 

धामका पिठाधीश तथा प्रमुख संरक्षक सन्त श्री कृष्ण शरण दास महाराजको मुखार बिन्दुबाट दैनिक प्रवचन रहने उक्त कार्यक्रममा भोलि दोस्रो दिन करिब ३ सय ४०  बढि असहाय, जेष्ठ नागरिक, साधु सन्त लागयलाई कम्बल वितरण गरिने जनाइएको छ । ४ दिने कार्यक्रममा दैनिक अखण्ड कृतन, भन्डरा,  महारुद्री, भजन कृतन रहने सचिवालयले जनहित सङ्ग बताएको छ ।  बनगाई खारखानि देखि भोलि ९ बजे निशुल्क यातायात समेत रहेको सचिवालय जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *