जनहित अनलाइन, कपिलवस्तु ।
रामदतिवन धामका पिठाधिस कृष्ण शरण दास महाराजले कपिलवस्तु बालगृहलाई नगद सहित अन्य सहयोग प्रदान गर्नुभएको छ । शुक्रबार दासले नगद पाँच हजार पाँच सय पचपन्न सहित खाद्यन्न र कपडा सहयोग गर्नुभएको हो ।

बालगृहका बालबालिकाको दैनिक जीवन र शिक्षा, स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरेको पिठाधिस दासले बताउनुभयो । आफूले पवित्र भुमी रामदतिवनमा बसेर त्यहाँको प्रवर्द्धन मात्र नभएर अन्य सामाजिक कार्यलाई पनि आफ्नो कर्म बनाएको उहाँले बताउनुभयो । सहयोगलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो ।
सहयोग गरेकोमा धन्यवाद दिदै बालगृह केन्द्रका प्रमुख राम प्रसाद अर्यालले यस्ता सामाजिक व्याक्तिहरुको सहयोगकै कारण बालगृ सञ्चालन भैरहेको बताउनुभयो । आगामी दिनमा पनि सहयोग गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विगत २३ वर्षदेखि सञ्चालित उक्त बालगृहमा ३२ बालकरहेका छन । कपिलवस्तु बालगृह केन्द्रका प्रमुख राम प्रसाद अर्याल लाई उक्त सहयोग हस्तान्तरण गरीएको हो ।
सहयोग कार्यक्रमा बालगृहकी सदस्य रेनु सेन, समाजसेवी गिता अन्जान, संचारकर्मी लगायतको उपस्तिथि रहेको थियो ।








