रामग्राम बाट श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १६ मा श्रीमतीको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २१ गते ३० वर्षीया श्रीमती ललिता कहाँरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएका उनका श्रीमान् जोखन कहाँरलाई प्रहरीले पक्राउ गरेको हो ।

जोखनलाई प्रहरीले नेपाल र भारतको सीमावर्ती पाल्हिनन्दन गाउँपालिकाको पडरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुदर्शन पन्थीले बताए । पक्राउ परेका कहाँरलाई जिल्ला अदालत परासीबाट कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *