पानी नपरेपछि शितगंगाको पावरमा स्थानीयद्वारा पुजा

जनहित अनलाइन, कपिलवस्तु । लामो समयसम्म पानी नपरेपछि अर्घाखाँचीको शितगंगा नगरपालिका १४ पावरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि अहिलेको समय सङ्गै भगवान् इन्द्रको पूजा गरिएको स्थानीय हरि टण्डनले जनहित अनलाइन सङ्ग बताउनुभयो । विगतको समयमा पनि पानी नपर्दा पुर्खाहरुले पुजा गर्ने गरेको भन्दै […]

कपिलवस्तु मालपोतका सुब्बा ३० हजार नगद घुस सहित पक्राउ

कपिलवस्तु । कपिलवस्तु बाट एक जना सुब्बालाई अख्तियारले पक्राउ गरेको छ । मालपोत कार्यालय तौलिहवाका सुब्बा नरहरी खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान बुटवलको टोलीले घुस रकम सहित पक्राउ गरेको छ । सुब्बा खनाललाई रु ३० हजार नगद घुस सहित पक्राउ गरेको अख्तियारले जनाएको छ । मालपोत कार्यालयका नायब सुब्बाले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट […]

बुुटवल बाट अनलाईन गेम खेलाउने १३ जना भारतीय पक्राउ

बुटवल। अनलाईन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जनालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्ने १३ जना नै भारतीय हुन् । पछिल्लो समय बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाईन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई  बुटवल प्रहरीले प्रकाउ गरेको हो ।  पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरको भन्ने सूचनाको आधारमा ईलाका […]

रामग्राम बाट श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १६ मा श्रीमतीको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २१ गते ३० वर्षीया श्रीमती ललिता कहाँरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएका उनका श्रीमान् जोखन कहाँरलाई प्रहरीले पक्राउ गरेको हो । जोखनलाई प्रहरीले नेपाल र भारतको सीमावर्ती पाल्हिनन्दन गाउँपालिकाको पडरीबाट पक्राउ […]

डढेलोले पाल्पामा तीन सातामा ३ हजार २ सय १६ हेक्टर जंगल नष्ट

पाल्पा । पाल्पामा पछिल्ला तीन सातामा १ सय ४६ स्थानमा डढेलो लाग्दा ३ हजार २ सय १६ हेक्टर जंगल सखाप भएको छ । वैशाख पहिलो सातादेखि फैलिएको डढेलोले तिनाउ गाउँपालिका क्षेत्रमा ९ सय ८९, माथागढीमा ६ सय ४, तानसेनमा ४ सय ९५, रामपुरमा ४ सय ५६ हेक्टर क्षेत्रफल जंगल सखाप भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको […]

बुटवलमा रहेको मुख्मन्त्रीको आवास हटाउने निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने भएको छ । प्रदेश सरकार स्थापना भएदेखी राजश्व अनुसन्धानको कार्यालयको भवन मासिक करिब दुई लाख रुपैयाँ बुझाउनेगरी सरकारले भाडामा लिएको थियो । बुटवलमा रहेको प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा सरेपनि मुख्यमन्त्रीको आवास भने यथावत थियो । आइतबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले मुख्यमन्त्रीको आवासको रुपमा […]

शितगंगामा महिला सञ्चारकर्मीहरुका लागि क्षमता अभिवृद्धि तालिम

अर्घाखाँची ।  शितगंगा नगरपालिकामा जिल्लाका महिला सञ्चारकर्मीहरुका लागि १ दिने क्षमता वृद्धि तालिम सम्पन्न भएको छ । शितगंगा नगरपालिकाको सहयोगमा कमल पोखरी युवा क्लबको आयोजना तथा न्युज पाना मिडिया प्रा.लि.को सहजिकरणमा सञ्चलालित कार्यक्रममा जिल्लाका बिभिन्न मिडियामा कार्यरत ३२ जना महिला सञ्चारकर्मी सहभागी रहेका थिए । तालिमले न्युनतम आचार सहिंता बारेमा सिकाइ भएको र छोटो समयमै […]

कपिलवस्तुको बाणगंगा बाट हातहतियार र मृगको मासुसहित चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बाट विभिन्न हातहतियार र जङ्गली जनावर मृग जस्तो देखिने जनावरको मासु सहित चार जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय पिपरा बाट खटिएको प्रहरी टोलिले विशेष सुचनाको आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डि.एस.पि. हरि बहादुर ओलीले जनहित अनलाइन सङ्ग बताउनुभयो । पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका १ जितपुर […]

ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यलाई तिव्र बनाउँदै

जनहित अनलाइन, कपिलवस्तु । ट्राफिक प्रहरी कार्यालय तौलिहवाले ट्राफिक सचेतना कार्यलाई तिव्र बनाएको छ । जिल्लाको सदरमुकाम तौलिहवा लगायत आसपासका क्षेत्रमा सचेतना कार्यलाई तिव्र बनाइएको हो । तौलिहवा मताहत क्षेत्रमा सवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा करिब दुई हजार जनामा ट्राफिक ऐन नियम, संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक […]

मन्त्री पदबाट राजीनामा दिएका अहिरद्वारा १५ दिनपछि पुन: मन्त्रीको पदभार ग्रहण

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै मन्त्री पदबाट राजीनामा दिएका जनता समाजवादी पार्टीबाट कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पुन: मन्त्रीको पदभार ग्रहण गरेका छन् । केन्द्रमा आइतबार पार्टी विभाजन भएपछि अशोक राई नेतृत्वको पार्टीमा लागेर उनले सोही मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेका हुन् । चैत २३ गते विनाविभागीय मन्त्री […]