जनहित अनलाइन, कपिलवस्तु । रानाभाट/भाट समाज कपिलवस्तुले क्यान्सर पीडित रमेश भाट क्षेत्रीलाई आर्थिक सहयोग गरेको छ । होली अर्थात फागु पुर्णिमाको अवसरमा समाजले लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेका क्षेत्रीलाई ३८ हजार ८४५ रुपैँया आर्थिक सहयोग गरेको हो ।
लामो समयदेखि खुट्टामा भएको क्यानसर रोगको उपचार गरारहँदा आर्थिक अभाव झेलिरहेका उनको परिवारलाई केहि सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको समाजका जिल्ला अध्यक्ष ऋषिश्वर भाटले बताउनुभयो ।
२१ वर्षिय उनलाई छिमेकी मुलुक भारत र नेपालका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराइएको थियो । तर निको नभएपछि अहिले पुन चितवनको वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत रहेका छन ।
यसैबिच सोहि कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर १ की वडा सदस्य टोपकला भाट क्षेत्रीकी छोरी बिपना भाटको जन्मदिनको अवसरमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई झोला, कापि र पेन्सिल जस्ता शैक्षिक सामाग्रि समेत प्रदान गरिएको थिया ।
सोहि कार्यक्रमलाई सदुपयोग गर्दै समाजले एक अर्कामा अविर लगाएर तथा शुभकामना साटासाट गर्दै होली मिलन कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै वडा सदस्य तथा समाजकी सल्लाहकार टोपकला भाटले हाम्रो संस्कृति र परम्परालाई जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो ।
समाजका जिल्ला अध्यक्ष ऋषिश्वर भाटको अध्यक्षता सचिव राजकुमार भाट क्षेत्री र सदस्य विवेक क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समाजका केन्द्रिय सदस्यहरु खिम बहादुर भाट, दिपेन्द्र भाट क्षेत्री, प्रदेश उपाध्यक्ष शंकर भाट क्षेत्री, सचिव माधव भाट, समाजका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।


