आयरल्यान्डलाई नेपालले ६ विकेटले हरायो

काठमाडौ । आयरल्यान्डसँगको पहिलो टी-२० मा नेपालले ६ विकेटको प्रभावशाली जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १६.१ ओभरमा सहजै पूरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले ३७, सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले २० र आसिफ शेखले १६ रन बनाए। आयरल्यान्डका लागि गेराथ […]

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको  कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका कर्मचारी देवराज विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो । दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय विक सो अस्पतालमा ल्याव टेक्निसियन थिए ।  काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुँदा उनलाई करेन्ट लागेको थियो ।  […]

अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

काठमाण्डौ  । अछाममा ट्याक्टर पल्टिंदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ  । अरु तीन जना घाइते भएका छन् । आज बिहान मेल्लेख गाउँपालिका १ मा भएको दुर्घटनामा वडा नम्बर ७ का स्थानीय ५५ वर्षका रंग धामी, ४५ वर्षका प्रेम धामी, ३७ वर्षका नरबहादुर धामी, १५ वर्षका जनक धामी र २१ वर्षका अर्का जनक धामीको ज्यान गएको […]

रानाभाट/भाट समाज कपिलवस्तुले गर्यो क्यान्सर पीडित रमेशलाई आर्थिक सहयोग

जनहित अनलाइन, कपिलवस्तु । रानाभाट/भाट समाज कपिलवस्तुले क्यान्सर पीडित रमेश भाट क्षेत्रीलाई आर्थिक सहयोग गरेको छ । होली अर्थात फागु पुर्णिमाको अवसरमा समाजले लामो समयदेखि क्यान्सर रोगको उपचार गराइरहेका क्षेत्रीलाई ३८ हजार ८४५ रुपैँया आर्थिक सहयोग गरेको हो । लामो समयदेखि खुट्टामा भएको क्यानसर रोगको उपचार गरारहँदा आर्थिक अभाव झेलिरहेका उनको परिवारलाई केहि सहयोग पुर्याउने […]

रुपन्देही बाट लागूऔषध कारोबारको आरोपमा तीन जना पक्राउ

भैरहवा । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) कारोबार र ओसारपसारमा संलग्न आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।रुपन्देहीको रोहिणी–३, रामनगरमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले शुक्रबार जाँच गर्ने क्रममा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित ती व्यक्ति पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टले बताए […]

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित रकम नपाउँदा चर्किएका घरमै फर्किन बाध्य

सुर्खेत । भूकम्प गएको झन्डै साढे चार महिना बितिसक्दा पनि जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनिएको रकम पाउन सकेका छैनन् । पहिलो किस्ता पाएका कतिपयले पनि दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । ‘केहीले त आफूसँग पैसा नभएपछि कर्जा लिएरै पनि टहरा बनाएका छन्,’ नलगाड नगरपालिका–४ का वडाध्यक्ष बद्री पन्तले भने, […]