महोत्तरीको मटिहानीमा आगलागी, सयभन्दा बढी घर जले

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको छ ।

अहिले आगो निभाउने प्रयास गरिरहेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताउनु भएको छ । उहाँले गाउँका १०० भन्दा बढी घर जलिसकेका र झन्डै ५० घरमा आगलागी भइरहेको जानकारी दिनुभयो ।

अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *