पौडी खेल्दा डुबेर शितगंगामा एक महिलाको मृत्यु
जनहित अनलाइन, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको भुतिया रहमा पौडि खेल्ने क्रममा डुबेर माइत आएकी सन्धिखर्क डिहिडाडाकी १९ बर्षिय मिरा नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । उनको शवलाई प्राथमिक स्वास्थ केन्द्र ठाडामा राखिएको र परिवारको तर्फबाट […]
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी
काठमाडौँ । लुम्बिनीका मुख्यमन्त्री जोख महराले विना विभागीय मन्त्रीलाई ७ जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । बुधबार मुख्यमन्त्री महराले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भूमिश्वर ढकाललाई,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अर्जुन केसी र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी रत्नबहादुर खत्रीलाई दिएका हुन् । ढकाल, पन्थी केसी र […]
विजयनगरमा १ क्विन्टल ६० किलो अवैध कुखुरा नष्ट
विजयनगर । सशस्त्र प्रहरी बल नेपाल (बिओेपी) विजयनगरले १ क्विन्टल ६० किलाे अवैध ब्राेइलर कुखुरा नष्ट गरेकाे छ । विजयनगर गाउँपालिकाकाे ठाकुरापुर-परसुरामपुर नेपाल-भारत सिमा नाकाबाट बरामद गरिएको अवैध ब्राेइलर कुखुरा नष्ट गरिएको सशस्त्र प्रहरी विजयनगरले जनाएको छ । तस्करले चाेरी पैठारी गरि भारतबाट नेपालतर्फ ओसारपसार गरि ल्याएकाे अवैध ब्राेइलर कुुखुरा बरामद गरि नष्ट गरिएकाे सशस्त्र […]
कृष्णनगर ८ का आगलागी पिडितलाई जस्तापाता सहित आवास निर्माणका सामग्री प्रदान
कृष्णनगर। कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-८ दयानगरका अग्नीपिडितलाई जस्तापाता सहित आवास निर्माणका आवश्यक सामग्री वितरण गरिएकाे छ । नगरपालिकाले आगलागी पिडितहरुलाई तत्कालै बस्न सहज हाेस् भन्दै आवश्यक सामग्री प्रदान गरेकाे छ । कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले आगलागी पिडित ९ घरपरिवारलाई जस्तापाता सहित आवश्यक घर निर्माणका सामग्री प्रदान गरिएकाे जनाए । उनले झुपडी मुक्ति कार्यक्रम अन्तर्गत […]
महोत्तरीको मटिहानीमा आगलागी, सयभन्दा बढी घर जले
काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ । गाउँको करिब १ सय घरमा आगो सल्किएको छ । अहिले आगो निभाउने प्रयास गरिरहेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताउनु भएको छ । उहाँले गाउँका १०० भन्दा बढी घर जलिसकेका र झन्डै ५० घरमा आगलागी भइरहेको जानकारी दिनुभयो । अहिले आगो निभाउनका लागि […]
अर्घाखाँचीमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते
बुटवल । अर्घाखाँचीदेखि बुटवलका लागि छुटेको जिप बुधबार दिउँसो दुर्घटना भएको छ । अर्घाखाँचीको सन्धिखर्कदेखि बुटवल हिँडेको लु १ ज ४८७३ नम्बरको विद्युतीय गाडी सितगँगा नगरपालिका–२ सितापुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए । दुर्घटनामा परी ७ जना घाइते भएका छन् । घाइते मध्ये कपिलवस्तु शिवराज नगरपालिका-५ निवासी […]
नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
काठमाण्डाै । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने समझदारीमा हस्ताक्षर भएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच आज भएकाे भेटवार्तापछि प्रतिनिधिमण्डलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् […]