मद्यपान गरी मध्यरातमा हाेहल्ला गरेपछि राजेशपायल राईसहित ८ जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । मद्यपान सेवन गरी मध्यरातमा हाेहल्ला गरेपछि गायक राजेशपायल राई पक्राउ परेका छन्। राईसहित ८ जना नयाँ बानेश्वरको थापागाउँबाट पक्राउ परेका हुन्।

स्थानीयबासीले हाेहल्ला गरेकाे भन्दै प्रहरीलाई खबर गरेका थिए। हाेहल्ला गरेकाे आराेपमा उनीहरू पक्राउ परेकाे काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी अबदेश विष्टले जानकारी दिए।

उनका अनुसार पुलहाउसअगाडि उनीहरूको  एकआपसमा विवाद भएकाे थियाे। प्रहरीले सम्झाउन खाेज्दा उल्टै प्रहरीलाई थर्काएकाले पक्राउ उनीहरूलाई पक्राउ गरिएको हो।

‘पुलहाउसअगाडि हाेहल्ला गरेपछि बानेश्वर प्रहरीले रातिकाे २ बजे राजेशपायल लगायतका ८ जनालाई पक्राउ गरेकाे हाे। उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे छ, ‘ एसपी विष्टले भने।

पक्राउ परेका उनीहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *