मकवानपुर बाट ८४ किलो गाँजासहित एक जना पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मकवानपुर । मकवानपुरको नेवारपानीबाट ८४ किलोभन्दा बढी लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डबाट ८४ किलो १२० ग्राम लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा नेवारपानीस्थित सडक किनारबाट भारतीय गाडीमा लुकाइ ल्याएको सो परिमाणको लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार बिआर १० बिएफ ५५८१ नम्बरको भारतीय कारको सिटको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा ८४ किलो १२० ग्राम लागुऔषध गाँजा फेला परेको थियो । शंकाका आधारमा सो कारलाई रोकेर चेकजाँच गर्दा उक्त कारमा लागुऔषध गाँजा बरामद भएको उनले बताए ।

पक्राउ पर्नेमा चालक बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–७ बस्ने वर्ष १९ को साविर अन्सारी रहेका छन् । उक्त लागुऔषध, कारसहित अन्सारीलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता भण्डारीले बताए । अन्सारीलाई मकवानपुर जिल्ला अदालतबाट दिन १० को म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीको भनाई छ । -रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *