‘सरकारले दैलो बाट निस्किएपछि कर तिर्नुपर्ने बाध्यता गरायो’
चेतन विष्ट, कपिलवस्तु । घरको दैलो बाट निस्केपछि कर तिर्न सुरु गर्नुपर्ने बाध्यता आएको उद्योगी तथा व्यवसायीहरुले गुनासो गरेका छन । राज्य एउटा भएपनि कर भने एउटै कामको लागि धेरै पटक तिर्नुपरेको भन्दै ऊनीहरुले गुनासो गरेका हुन । मङ्गलबार कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको आगामी वर्षको निति तथा कार्यक्रम एवं बजेट निर्माणमा सरोकारवालाहरु सङ्ग […]
राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ ग्रहण
काठमाण्डाै । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयाेजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पाैडेलले शपथ गराउनुभयाे । राष्ट्रिय सभाको अध्यक्षका लागि आजै भएकाे मतदानमा दाहालकाे पक्षमा ३९ र विपक्षमा १७ मत खसेकाे थियाे । दाहालले सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे । दाहालका […]
वडा कार्यालयमा जन्ती बास बसेपछि बिदा
काठमाडौ । जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि जनकपुरधाम उपमहानगरपालिका-२५ मा मंगलबार बिदा दिइएको छ । एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसेका थिए । कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साहले साहले बताए । […]
मकवानपुर बाट ८४ किलो गाँजासहित एक जना पक्राउ
मकवानपुर । मकवानपुरको नेवारपानीबाट ८४ किलोभन्दा बढी लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डबाट ८४ किलो १२० ग्राम लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा नेवारपानीस्थित सडक किनारबाट भारतीय […]
गुल्मीका एक युवा रुपन्देहीबाट ४ दिनदेखि वेपत्ता
गुल्मी । गुल्मीका एक युवा रुपन्देहीको सुनवलबाट चार दिनदेखि वेपत्ता भएका छ्न् । जिल्लाको मुसिकोट नगरपालिका–२ भर्जुवा घर भई रुपन्देहीको सुनवल नगरपालिका–४ पाँचघरे टोल बस्दै आएका १८ वर्षीय मदन नेपाली फागुन २६ गतेदेखि वेपत्ता भएका हुन । बोल्न नसक्ने उनी सुनुवलबाट एउटा फ्याक्ट्रीको गाडी चढेर हिँडेको दिनदेखि वेपत्ता भएको उनकी दिदी मिठु नेपालीले जानकारी दिईन […]
प्रधानमन्त्रीलाई दिल खोलेर विश्वासको मत दिन एमाले सांसदलाई ओलीको आग्रह
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिल खोलेर विश्वासको मत दिन आफ्ना सांसदहरूलाई आग्रह गरेका छन्। मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बिना हिचकिचाहट मत दिन सांसदहरूलाई आग्रह गरेका हुन्। ‘हामी एकदम खुलेर, दिल खोलेर भोलि बिना हिचकिचाहट, मनको कुनामा कतै नराखेर, सकारात्मक […]
ज्ञवालीको व्यङ्ग्य: द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो
रोल्पा । नेकपा एमालेका महासचिव प्रदीप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् । एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश वर्ष चलेको द्वन्द्वले विकास गर्यो कि विनाश गर्यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । ‘दश वर्षसम्म चलेको द्वन्द्वले क्रान्ति सफल गरेन,’ उपमहासचिव ज्ञवालीले भने, […]
घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक युवकको शव फेला
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको हत्या भएको छ । बारा घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित दैलेखी टोलमा बस्ने अन्दाजी ३२ वर्षीय अनिल पटेलको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनको शव घाँटी रेटिएको अवस्थामा फेला परेको हो । उनको घाँटीमा गहिरो चोट लागेको छ भने घटनास्थलमा रगत लागेको चुलेसीसमेत फेला […]
त्रिदेशीय टी–२० क्रिकेटको उपाधिका लागि भोलि नेपाल र पीएनजी खेल्ने
काठमाण्डाै । हङकङलाई हराउँदै पपुवा न्युगिनी (पीएनजी) त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज भएको खेलमा पीएनजीले हङकङलाई १० विकेटले हरायो । हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा १ विकेट पनि नगुमाई भेटायो । पीएनजीका सेसे बाउले ६१ र टोनी उराले ५१ रन बनाए । हङकङले […]
राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनका दाहाल विजयी
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै विजयी भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरे । त्यस्तै शर्माले १७ मत प्राप्त गरे । अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको […]