बुद्धरङ्गशालामा महोत्सवको लडाइँ: मङ्सिर १८ देखि वेलफेयरले १६ औं कपिलवस्तु महोत्सव लगाउने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित बुद्धरङ्गशालामा मङ्सिर १८ गतेदेखि बाणगंगा वेलफेयर सोसाइटीले “१६औं कपिलवस्तु महोत्सव एवम् कृर्षि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८२“ लगाउने भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुर्व निर्धारित कार्यक्रम अन्तर्गत नै मंसिर १८ गतेदेखि पौष १ गतेसम्म महोत्सव लगाइने वेलफेयरले जनाएको छ ।

बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणकाद्धारा हस्ताक्षरित विज्ञप्तिमा वि.स.२०६८ साल देखि नै कपिलवस्तु उद्योग वाणिज्य संघ र वाणगंगा वेलफेयर सोसाईटीले आलोपालोको सहकार्यमा कपिलवस्तु महोत्सव आयोजना गर्दै आईरहेको भन्दै १६औं कपिलवस्तु महोत्सव आफुहरुको पालोमा परेको जनाएको छ ।

केहिदिन अघि उद्योग ब्यापार संघ कपिलवस्तुले पत्रकार सम्मेलन गरि मंसिर ५ गतेदेखि महोत्सव लगाउने भनेपछि अहिले वलफेयरले यस्तो विज्ञप्ति निकालेको हो । आफुहरु सगँ कुनै पनि सहकार्य र छलफल नगरी महोत्सव प्रभावित पार्ने उद्देश्यले मिति जुधाई प्रथम राष्ट्रिय औद्योगिक प्रदशनीको तयारी गरिरहँदा उक्त कार्यले संस्थागत द्वन्द सिर्जना उत्पन्न गरेको वेलफेयरले ठहर गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *