बुटवलका २ व्यक्ति १ करोड रुपैयाँसहित काठमाडौं बाट पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । काठमाडौँमा स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सानुराम भट्टराईले ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई गएराति पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका व्यक्ति दुवै रुपन्देहीस्थित बुटवल घर भएका पुरुष हुन्।

‘घटनाबारे हामी अहिले बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरेर विस्तृत बताउने छौँ’, एसएसपी भट्टराईले  भने।

दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा गइरहेका बेला उनीहरू रकमसहित पक्राउ परेका हुन्। उनीहरू सुन कारोबारमा पनि संलग्न रहेको आशंका प्रहरीले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *