बानेश्वरमा विरोध प्रदर्शन जारी : संसद भवनभित्रबाट निरन्तर गोली चलाउँदै प्रहरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
काठमाडौं । सरकार विरुद्धको प्रदर्शन अहिले पनि नयाँ बानेश्वरमा जारी छ।

कर्फ्यू जारी भएपछि सेना परिचालन गरिए पनि सेनाको गाडी अघि बढ्न सकेको छैन भने प्रहरीले संसद भवनभित्रबाटै बाहिर रहेका प्रदर्शनकारीमाथि गोली चलाइरहेको छ। यसअघि स्थिति नियन्त्रण बाहिर गएपछि सेनाको गाडी बानेश्वर क्षेत्रमा प्रवेश गरेको थियो। तर, हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले सेनाको गाडीलाई अघि बढ्नै नदिई घेराबन्दी गरेका हुन्।

सेनाले संयमता अपनाउँदै बल प्रयोग नगरेकाले उनीहरूको गाडी प्रदर्शनकारीको भीडको बीचमा फसेको छ। अहिले संसदभित्र सेना छिरेको छ भने त्यहाँ सशस्त्र प्रहरी त्यहाँ छ।

यो घटनाले बानेश्वरमा राज्यको उपस्थिति अत्यन्तै कमजोर बनेको देखाएको छ। प्रहरीले संसद भवन बाहिरका सडकहरूमा आफ्नो नियन्त्रण पूर्ण रूपमा गुमाएको छ। उनीहरू संसद भवन परिसरलाई रक्षात्मक किल्ला बनाएर भित्रबाटै बाहिर गोली चलाइरहेका छन्। अर्कोतर्फ, कर्फ्यू, प्रहरीको गोली र सेनाको उपस्थितिका बाबजुद प्रदर्शनकारीहरू पछि हटेका छैनन्। उनीहरूले संसद भवन बाहिरको क्षेत्रलाई आफ्नो नियन्त्रणमा राख्दै निरन्तर नाराबाजी र ढुंगामुढा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *