इटहरी, बुटवल र भैरहवामा पनि कर्फ्यु

काठमाण्डाै । ‘जेन जी’ को आन्दोलन उग्र भएपछि सुनसरीको इटहरी तथा रुपन्देहीको बुटवल र भैरहवामा पनि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दिउँसो साढे ३ बजेदेखि अर्काे आदेश नभएसम्मका लागि इटहरीको मुख्य चोक नजिकका क्षेत्रमा कर्फ्यु आदेश जारी गर्नुभएको हो । यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले […]

श्रीङ्गीघाट सामुदायिक वनको समिक्षा बैठक तथा वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको श्रीङ्गीघाट सामुदायिक वन उपभोक्ता समुहले समिक्षा बैठक तथा वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । आज सोमबार वन उपभोक्ता समुहका कार्यहरुलाई प्रभावकारी र उत्कृष्ट बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको वन उपभोक्ता समुहले जनाएको छ । कार्यक्रममा उपभोक्ता समुहका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी (सुसिल) ले आर्थिक वर्ष २०८१/८२ को […]

जेनजी आन्दोलन चर्कियो पोखरा, ३० घाइतेमध्ये ५ जनालाई गोली लाग्यो

पोखरा ।  पोखरामा जेनजी आन्दोलनका क्रममा ३० जना घाइते भएका छन् । तीमध्ये ५ जना प्रहरीको गोली लागेर घाइते भएको पुष्टि भएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जेनजी आन्दोलनकारीहरूले सोमबार सामाजिक सञ्जाल बन्दको विरोधसँगै भ्रष्टाचारविरुद्ध पनि प्रदर्शन गरेका थिए ।

बानेश्वरमा विरोध प्रदर्शन जारी : संसद भवनभित्रबाट निरन्तर गोली चलाउँदै प्रहरी

काठमाडौं । सरकार विरुद्धको प्रदर्शन अहिले पनि नयाँ बानेश्वरमा जारी छ। कर्फ्यू जारी भएपछि सेना परिचालन गरिए पनि सेनाको गाडी अघि बढ्न सकेको छैन भने प्रहरीले संसद भवनभित्रबाटै बाहिर रहेका प्रदर्शनकारीमाथि गोली चलाइरहेको छ। यसअघि स्थिति नियन्त्रण बाहिर गएपछि सेनाको गाडी बानेश्वर क्षेत्रमा प्रवेश गरेको थियो। तर, हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले सेनाको गाडीलाई अघि बढ्नै […]

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको घरमा तोडफोड

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तिलोत्तमा-स्थित घरमा आन्दोलित युवाहरूले तोडफोड गरेका छन्। घटनाबारे विस्तृत विवरण अझै आउन बाँकी छ। स्थिति नियन्त्रणमा लिन रुपन्देही जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रसम्म कर्फ्यु लागू गरिएको हो। बुटवल क्षेत्रमा धागो कारखाना पुलदेखि बेलबास […]

जेनजीको आन्दोलनसँगै चल्न थाल्यो फेसबुक

काठमाडौं । जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेको छ । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका छन् । वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ । यस्तै इन्टरनेट सेवा प्रदायक सङ्घका अध्यक्ष सुधीर पराजुलीले पनि हालसम्म कुनै निर्देशन […]

बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न भएको छ। आईतबार विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न भएको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले अघिल्लो कार्यपालिकाका निर्णयहरुको कार्यान्वयनको समीक्षा गर्दै कार्यप्रगति सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । बैठकले चालु आर्थिक वर्षका योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्न असोज महिनाभित्रै समिति गठन […]

पौने एक अर्ब खर्च भएको लुम्बिनी अन्तर्राष्ट्रिय सभाहल उद्घाटन भएको तीन वर्षसम्म पनि अलपत्र

बुटवल । पौने एक अर्ब रुपैयाँको लागतमा लुम्बिनी क्षेत्रमा तयार भएको अन्तर्राष्ट्रिय सभा हल तीन वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । सभा हल सञ्चालनको कार्यविधि बन्न नसकेकाले भौतिक संरचना तयार भइसकेर पनि प्रयोगमा आउन नसकेको हो । २०७९ जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित सभा हल […]

आज कपिलवस्तुमा पनि ‘जेन जी’ पुस्ताको प्रदर्शन

कपिलवस्तु । जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताले आज काठमाडौ, कपिलवस्तु सहित देशैभर प्रदर्शन गर्दैछन । सामाजिक सञ्जाल बन्दको विरुद्ध र भ्रष्टचार विरुद्ध उनीहरुले प्रदर्शन गर्न थालेका हुन । कपिलवस्तुमा दिउसो ११ः३० बजेदेखि प्रदर्शन गर्न थालिएको जनाइएको छ । उता काठमाडौमा भने बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएर […]