बाणगङ्गा २ मा समुदायमा सरकारी वकील एवं कानुनी सचेतना कार्यक्रम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । सरकारी वकीलकको भुमिका बारे जनतालाई सुसूचित गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगामा समुदायमा सरकारी वकील एवं कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार जिल्ला सरकारी वकील कार्यालय कपिलवस्तुको आयोजनामा बाणगंगाको पिपरामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला सरकारी वकील कर्यालय कपिलवस्तुका न्यायधिवक्ता प्रकास मरासिनीले उपस्थित बाट आएका प्रश्नहरुको सम्बोधन गर्दै सरकारी वकीलले विशुद्ध न्याय र अन्याय छुट्याउने बताउनुभयो । साधारण मात्र नभएर समाजका शैक्षिक वर्ग पनि सरकारी वकीलको भुमिकाको बारेमा स्पष्ट नरहेको भन्दै यस कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले धेरै स्थानीयले सरकारी वकीलको भुमिका नबुझ्दा दुख पाएको बताउनुभयो । प्राइभेट र सरकारी वकीलको काम कर्तव्य बारे सबैले बुझ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

त्यस्तै इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले बाणगंगा आसपासमा हुने प्रमुख अपराध लगायतका घटनाहरु, कस्ता अपराध कसरी हुन्छन ? उक्त अपराधको अनुसन्धान कसरी हुन्छ ? प्रहरी र नागरिक बिचको सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ ? लगायतका विभिन्न विषयमा प्रष्ट पार्नुभएको थियो ।

No description available.

त्यस्तै सहायक जिल्ला न्ययधिवक्ता तुल्सिराम ज्ञवालीले समुदायमा सरकारी वकिल कार्यक्रम भनेको के हो ? यसको उद्देश्य, सरकारी वकील कर्यालयको तहगत संरचना लगायतको बारेमा उपस्थितलाई प्रष्ट पर्नुभएको थियो ।

No description available.

सरकारी वकील कर्यालय कपिलवस्तुका न्यायधिवक्ता प्रकास मरासिनीको अध्यक्षता, सहायक जिल्ला न्ययधिवक्ता तुल्सिराम ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला स्वयंसेविका, शिक्षक, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

No description available.

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *